फिल्म ‘बासेन्जी’ असोज २६ मा प्रदर्शनमा आउने
काठमाडौंँ । इयन स्कट क्लेमेन्ट निर्देशित दोस्रो फिल्म ‘बासेन्जी’ असोज २६ बाट प्रदर्शनमा आउने भएको छ । ‘साइकोलोजिकल थ्रिलर’ बिषयमा निर्माण भएको फिल्म भिडियो गेम खेलेको जस्तो तरिकाले निर्माण भएको छ ।
गौरीशङ्कर इन्टरटेनमेन्टका सुरज मैनाली र गौरव बस्नेतले निर्माण गरेको फिल्ममा असिम निरौला, सुप्रिम राई, मिथिला शर्मा, सरिता गिरी लगायतको अभिनय छ । फिल्म आँखाले हेनेभन्दा पनि दिमागले हेर्न हिसावले निर्माण गरेको निर्देशक क्लेमेन्टले बताए ।
‘फिल्मले दर्शकलाई एउटा सीमित दृष्टिकोण मात्र दिन्छ र त्यही दृष्टिकोणमा बसेर कथा बुझ्न आवश्यक छ । त्यसैले चलचित्र हेर्न आउँदा आफ्नो दिमाग खुला गरेर आउनुहोला’ क्लेमेन्टले थपे ।
फिल्ममा प्रथम पुरुष वा तृतीय पुरुष दृष्टिकोणमा हेर्न सकिन्छ, जुन आजसम्म भिडियो गेमहरूमा मात्र देख्न पाइन्थ्यो । यस्तो क्यामराको कोण प्रयोग भएका कारण दर्शकले कथाको प्रमुख पात्र ‘प्रवेश’ लाई छोड्नै पाउँदैनन् ।
क्यामरा कोण प्रयोग भएकाले नै निर्देशक क्लेमेन्टले फिल्म दिमागले दिमागले हेर्न भनेका हुन् । हेर्दै जाँदा फिल्मको कथाक्रम बिस्तारै रहस्य खुलेको जस्तो गरेर खुल्ने दाबी गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण