विश्वकपको पहिलो खेलमा न्युजिल्याण्डद्वारा पहिले बलिङ गर्ने निर्णय
काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकपको १३औँ संस्करण बिहीबारदेखि सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेल साबिक विजेता इङ्गल्यान्ड र साबिक उपविजेता न्युजिल्यान्डबीच हुनेछ । उद्घाटन खेल अहमादाबादस्थित नरेन्द्र मोदी स्टेडियममा खेलिने छ ।
पहिलो खेलमा न्युजिल्याण्डले इंग्लयाण्डविरुद्ध बलिङ गर्ने भएको छ । न्युजिल्याण्डका टम ल्याथमले टस जितेर पहिले ब्याटिङ गर्ने बताएका हुन् । खेल नेपाली समयअनुसार दिउँसो २ः१५ बजे सुरु हुनेछ । नरेन्द्र मोदी स्टेडियम विश्वकै सबैभन्दा ठुलो क्रिकेट रंगशालामध्येको एक हो । त्यो रङ्गशालाको दर्शक क्षमता एक लाख ३० हजार रहेको छ ।
इङ्गल्यान्ड र न्युजिल्यान्डबीचको उद्घाटन खेलमा कुमार धर्मसेना र नितिन मेननले फिल्ड अम्पायरको भूमिका निर्वाह गर्नेछन् । फिल्ड अम्पायरद्वय धर्मसेना र मेननलाई टिभी अम्पायर पल विल्सन, फोर्थ अम्पायर साहिद सैकत र म्याच रेफ्री जभागल श्रीनाथले साथ दिनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण