जसपा सम्बद्ध किसान महासंघ संगठन विस्तार गर्दै
बिहीबार, १८ असोज २०८०, १५ : १२
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) सम्बद्ध समाजवादी किसान महासंघ बागमती प्रदेश समितिले संगठन विस्तार अभियानलाई तीव्रता दिएको छ ।
पार्टीले तीन महिने संगठन विस्तार तथा सुदृढीकरण अभियान सञ्चालन गरेसँगै महासंघ पनि संगठन विस्तारमा जुटेको हो । महासंघले काठमाडौँ जिल्ला समिति मनोज डंगोलको अध्यक्षतामा २३ सदस्यीय समिति गठन गरेको जसपाले जनाएको छ ।
महासंघको ललितपुर जिल्ला समिति मानबहादुर नेगीको अध्यक्षतामा १३ सदस्यीय समिति गठन भएको छ । त्यसैगरी बुद्धकुमार चौधरीको अध्यक्षतामा ११ सदस्यीय चितवन जिल्ला समिति गठन गरिएको छ ।
महासंघले बागमती प्रदेश अन्तर्गतका सबै जिल्ला समिति गठन गर्नेगरी कार्यलाई अगाडि बढाइरहेको महासंघका बागमती प्रदेश अध्यक्ष विक्रम पौडेलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण