१३ औँ विश्वकपमा अर्धसतक बनाउने पहिलो ब्याट्सम्यान जोए रुट
काठमाडौँ । इङ्ल्यान्डका जोए रुट आईसीसी एकदिवसीय विश्वकपको १३औँ संस्करणमा अर्धसतक प्रहार गर्ने पहिलो खेलाडी बनेका छन् । उनले विश्वकपको उद्घाटन खेलमै न्युजिल्यान्डविरुद्ध अर्धसतक बनाएका हुन् । तेस्रो नम्बरमा क्रिज समाल्न आएका रुटले २९।४ ओभरमा अर्धसतक पुरा गरेका हुन् । उनले न्युजिल्यान्डका बलर ट्रेन्ट बोल्टको बलमा एन रन लिँदै अर्धसतक पुरा गरे ।
यसैगरी इङ्ल्यान्डका जोनी बेयरस्ट जारी विश्वकपमा छक्का प्रहार गर्ने पहिलो खेलाडी बनेका छन् । उनले पहिलो ओभरको दोस्रो बलमै छक्का हिर्काएका थिए । उनले न्युजिल्यान्डका बलर ट्रेन्ट बोल्टको बलमा छक्का प्रहार गरेका थिए ।
जारी विश्वकपमा पहिलो चौका प्रहार गर्ने खेलाडी पनि उनी नै हुन् । उनले पहिलो ओभरको पाँचौं बलमा चौका हिर्काएका थिए । यसका अतिरिक्त जारी विश्वकपमा रनको खाता खोल्ने ब्याट्सम्यान पनि उनी नै हुन् ।
यसैगरी जारी विश्वकपमा पहिलो विकेट लिने बलर न्युजिल्यान्डका म्याट हेनरी हुन् । उनले सातौं ओभरको चौथो बलमा इङ्ल्यान्डका ब्याट्सम्यान डेविड मलानको विकेट लिएका थिए । उनले मलानलाई विकटकिपर टम लाथममार्फत क्याच गराएका थिए । यसरी टम लाथम पनि जारी विश्वकपमा पहिलो क्याच लिने खेलाडी बन्न पुगे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण