रुटको अर्धशतकमा इंग्ल्याण्डद्वारा २ सय ८३ रनको लक्ष्य प्रस्तुत
अहमदाबाद । १३ औँ एकदिवसीय विश्वकपको उद्घाटन खेलमा साबिक विजेता इंग्ल्याण्डले न्युजिल्याण्डसामु २ सय ८३ रनको लक्ष्य प्रस्तुत गरेको छ । गत संस्करणको फाइनलको ‘रिप्ले’ खेलमा टस हारेर पहिले ब्याटिङ गर्दै इंग्ल्याण्डले ९ विकेटको क्षतिमा २ सय ८२ रन बनाएको हो ।
इंग्ल्याण्डका लागि जो रुटले सर्वाधिक ७७ रनको योगदान दिए । ८६ बलको सामना गर्दै रुटले ४ चौका र एक छक्का हिर्काए । उनलाई कप्तान जोस बट्लरले ४३ रन बनाउँदै राम्रो साथ दिए । म्याट हेनरीको शिकार बन्न अघि बट्लरले ४२ बलमा दुई चौका र दुई छक्का प्रहार गरे ।
त्यसैगरी ओपनर जोनी बेयर्सटोले ३५ बलमा ३३ रनको पाली खेले भने ह्यारी ब्रुकले २५ रनको योगदान दिए । यता इंग्ल्याण्डलाई रोक्न म्याट हेनरीले ३ विकेट लिए भने मिचेल स्यान्टनर र ग्लेन फिलिप्सले २–२ विकेट लिए । ट्रेन्ट बोल्ट र रचिन रवीन्द्रले एक–एक विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण