सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेपाल वायुसेवा निगम र निजी क्षेत्रका संस्थाहरुबीच साझेदारीका लागि हस्ताक्षर

बिहीबार, १८ असोज २०८०, १८ : २७
बिहीबार, १८ असोज २०८०

काठमाडौँ । नेपाल वायुसेवा निगम र निजी क्षेत्रका राष्ट्रिय संस्थाहरुबीच साझेदारीका लागि हस्ताक्षर भएको छ । 

बिहीबार काठमाडौँका एक कार्यक्रमका बीच राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम र निजी क्षेत्रका नेपाल चेम्बर अफ कर्मस, राष्ट्रिय व्यवसायी पहल, नेपाल युवा उद्यमी मञ्च र नेपाल उद्योग परिसंघ युवा उद्यमी कोशी प्रदेशसँग साझेदारीका लागि हस्ताक्षर भएको हो । 

साझेदारी पत्रमा नेपाल वायुसेवा निगमको तर्फबाट निगमका अध्यक्ष युवराज अधिकारी र निजी क्षेत्रका संस्थाका अध्यक्षहरुबीच राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमसँग सहकार्य र साझेदारी गर्ने गरी सम्झौता भएको छ । 

साझेदारी पत्रमा हस्ताक्षरपश्चात कार्यक्रममा बोल्दै निगमका अध्यक्ष अधिकारीकाले राष्ट्रिय स्वाधीनता, स्वाभिमान र राष्ट्रिय अस्थित्वको लागि नेपाल वायुसेवा निगमको संरक्षण र संवर्द्धन गर्न आवश्यक रहेको बताए । उनले देशमा धेरै पढेर डा.लेख्नेहरुले डेविट र क्रेडिटको मात्रै हिसाब गर्ने तर राष्ट्रिय स्वाधीनता, स्वाभिमान मूल्य डेविट र क्रेडिट मात्रै नहुने बताए । उनले नेपाल वायु सेवा निगमको समृद्धिले मुलुकको पर्यटन क्षेत्रमा ठूलो सहयोग पु¥याउने बताए । उनले नेपालको पर्यटन क्षेत्रको अभिवृद्धिको लागि निगमले केही नगरेको भन्दै जिम्मेवारी व्यक्तिहरुले भनेको भन्दै सरकारमा बसेका जिम्मेवार व्यक्तिहरुमार्फत निगमलाई के आयो भन्नेकुरा हेर्नुपर्ने बेला आएको बताए । 

अध्यक्ष अधिकारीकाले देश नेपाल जस्तै बन्नुपर्ने तर जहाज अमेरिका जापानको जस्तो हुनुपर्छ भन्ने कुरा नमिल्ने बताए । उनले निगममा रहेका ६५ वर्ष देखिका विकृति एकै दिनमा सुधार गर भन्दैमा सुधार गर्न नसकिने बताए । उनले आफू निगममा अध्यक्ष भएर आएपछि कुनै पनि भष्टाचारको काम नभएको बताए ।

त्यस्तै, कार्यक्रममा बोल्दै उद्योग परिसंघ युवा उद्यमी कोशी प्रदेशका अध्यक्ष अनमोल प्रधानले नेपाल वायुसेवालाई युवाहरुको माझ बलियो बनाउने जिम्मेवारी आएको भन्दै पूरा गर्न तयार रहेको बताए । उनले नेपाल वायुसेवा निगमलाई सरकारको साथ र सहयोग नहुनु दुखत कुरा भएको बताए । उनले नेपालका युवाहरुले सरकारसँग केही नचाहेको तर नेपालमा नै बसेर केही गर्नेसहज वातावरण सरकारले बनाइदिन आग्रह गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप