रोल्पाको गंगादेव गाउँपालिकाको नाम र केन्द्र परिवर्तन गर्न सिफारिस
बुटवल । लुम्बिनी प्रदेश सरकारले रोल्पाको गंगादेव गाउँपालिकाको नाम र केन्द्र परिवर्तन गर्न नेपाल सरकारलाई सिफारिस गरेको छ । भदौ ७ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले गंगादेव गाउँपालिकाको नाम र केन्द्र परिवर्तन गर्नको लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाउने निर्णय गरेको थियो ।
गंगादेव गाउँपालिकाको नाम परिवर्तन गरी सुकिदह गाउँपालिका रहने र केन्द्र साविक सुकिदह गाउँपालिका वडा नं. २ सुखाओडार (जिनाबाङ) मा स्थानान्तरण गर्ने सम्बन्धी गाउँसभाबाट पारित प्रस्ताव नेपाल सरकारमा पठाउने निर्णय भएका हो ।
गंगादेव गाउँपालिका, सानडाँडा रोल्पाको गत वैशाख ८ गतेको गाउँसभाले गाउँपालिकाको नाम परिवर्तन गरी सुकिदह गाउँपालिका नामाकरण गर्ने र गाउँपालिकाको केन्द्र सुखाओडार (जिनावाङ) रहने गरि निर्णय गरेको थियो ।
स्थानीय ऐन २०७४ को दफा ४ मा व्यवस्था भए बमोजिम गाउँपालिकाको नाम परिवर्तन सम्बन्धमा संघीय सरकारमा सिफारिस गर्न अनुरोध सहित प्रदेश सरकारमा पत्र प्राप्त भएको थियो । प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले सो पत्रको आधारमा गरिएको प्रस्तावलाई स्वीकृत गरेको छ ।
गाउँसभाबाट पारित प्रस्ताव नेपाल सरकारमा पठाउने निर्णय स्वीकृतीका लागि प्रदेश सरकार मन्त्रिपरिषदमा प्रस्ताव पेश गर्न मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले साउन २१ म स्वीकृति प्रदान गरेका थिए । प्रदेश सरकार (कार्यसम्पादन) नियमावली २०७४ को अनुसूची १ बमोजिम सो प्रस्ताव पेश गरिएको हो।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कमल पुलको बारेमा कवि सम्मेलन, उत्कृष्टलाई पुरस्कार
-
सरकारको १०० दिन : सुशासन, पारदर्शिता र सेवा प्रवाहमा उल्लेखनीय सुधार
-
‘जिरो डिग्री’ तिहारमा हुने
-
तेलमा मरेको साङ्ला : न्युरोडको एक रेष्टुरेन्टलाई २ लाख जरिवाना
-
अमेरिकी पहिचानमाथि ‘नयाँ आक्रमण’ भइरहेको ट्रम्पको दाबी
-
अस्ट्रेलियाविरुद्ध इजिप्टको ऐतिहासिक जित प्यालेस्टाइनलाई समर्पित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण