बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

भूकम्प क्षतिबारे बुझ्न प्रधानमन्त्री आज बझाङ जाँदै

शुक्रबार, १९ असोज २०८०, ०७ : ४९
शुक्रबार, १९ असोज २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज बझाङमा भूकम्प क्षतिबारे स्थलगत निरीक्षणमा गर्न जाँदै छन् । शुक्रबार विहान साढे १० बजे प्रधानमन्त्री प्रचण्डसहित १८ जनाको टोली बझाङ जान लागेको हो ।

प्रधानमन्त्री प्रचण्कडको टोलीमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री एनपी साउद, बझाङका सांसद भानुमक्त जोशी गृह सचिव, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण प्रमुख लगायत छन् । 

बिहीबार प्रधानमन्त्री प्रचण्ड बझाङका भूकम्पबाट पीडितलाई तत्काल राहत उपलब्ध गराउन निर्देशन दिएका थिए । उद्दार र व्यवस्थापनका लागि आवश्यक व्यवस्था मिलाउन मातहतका निकायलाई उनको निर्देशन थियो ।

मंगलबार गएको भूकम्पका कारण २७ जना घाइते हुँदा एक जनाको मुत्यु भएको छ । भूकम्पले गर्दा पहिरोमा परी बेपत्ता भएको महिलाको शव फेला परेको छ । टिमुर टिप्न जङ्गलमा गएकी जयपृथ्वी नगरपालिका –१ ओखल गाउँकी ४५ वर्षीया गुनदेवी धामीको शव फेला परेको हो । बझाङमा १८ जना, अछाममा पाँच जना, बाजुरामा दुई र बैतडीमा दुई जना घाइते भएको सुदूरपश्चिम प्रदेश विपद् कार्य सञ्चालन केन्द्रले जानकारी दिएको छ ।

यस्तै सुदूरपश्चिम प्रदेशभरि पूर्ण र आंशिक गरी ४१० भौतिक संरचनामा क्षति पुगेको जनाइएको छ । प्रदेशभरि निजी घर ७६ र एउटा सरकारी कार्यालयमा पूर्ण रूपमा क्षति भएको छ । ३०१ वटा निजी घर ३२ वटा सरकारी कार्यालयमा आंशिक क्षति पुगेको केन्द्रले जानकारी दिएको छ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप