विश्वकप २०२३ : प्रभाव पार्न सक्ने खेलाडी – शाहिन अफ्रिदी (पाकिस्तान)

काठमाडौँ । युवा खेलाडी शाहिन अफ्रिदी वर्तमान समयमा उत्कृष्ट बलरहरूमध्ये एक मानिन्छन् । मात्र २३ वर्षका तीव्र गतिका बलर हाल एकदिवसीय बलिङको वरीयतामा छैटौँ स्थानमा विराजमान रहेका छन् ।
पस्तुनको जाखाखेल अफ्रिदी जानजाति समूहका शाहिनको बाल्यकाल अफगानिस्तानको सीमा नजिकैको खाइबर जिल्लामा बितेको थियो । सात दाजुभाइमध्ये उनी सबैभन्दा कान्छो हुन् । लन्डी कोटलको टाटारा मैदानबाट आफ्नो करियर सुरु गरेका शाहिनलाई क्रिकेटर रहेका उनको दाइ रियाज अफ्रिदीले सन् २०१५ मा फाटा यू–१६ ट्रायलबाट औपचारिक क्रिकेटमा प्रवेश गराएका थिए । सो तहमा सफलता पछि उनलाई सन् २०१५ को नोभेम्बरमा अस्ट्रेलियाको टूरका लागि छनोट गरिएको थियो ।
सन् २०१६ मा उनलाई पाकिस्तानको यू–१९ टोलीमा समावेश गरिएको थियो । उनले सोही वर्ष श्रीलङ्कामा आयोजित यू–१९ एसिया कपमा भाग लिएका थिए । उनले पहिललो खेलमा नै सिंगापुरविरुद्ध ३ विकेट लिएका थिए ।
सन् २०१७ मा उनी सन् २०१८ यू–१९ को विश्वकपका लागि पाकिस्तानको टोलीमा समावेश भए । प्रतियोगितामा उनले टोलीका लागि सर्वाधिक १२ विकेट लिए । प्रतियोगितापछि उनलाई आईसीसीले उदीयमान खेलाडीको रूपमा घोषणा गरेको थियो ।
सन् २०१८ मा वेस्ट इन्डिजविरुद्धको शृङ्खलाका लागि उनलाई पाकिस्तानको टी–२० टोलीमा समावेश गरिएको थियो । सन् २०१८ को अप्रिल ३ मा वेस्ट इन्डिजविरुद्ध डेब्यू गरेका थिए । सन् २०१८ को सेप्टेम्बरमा उनलाई एसिया कपका लागि पाकिस्तानको एकदिवसीय टोलीमा समावेश भएका थिए । सन् २०१८ सेप्टेम्बर २१ मा अफगानिस्तानविरुद्ध उनले एकदिवसीयमा डेब्यू गरेका थिए । सन् २०१८ को डिसेम्बर ३ मा उनले न्युजिल्याण्डविरुद्ध टेस्टमा पहिलो खेल खेलेका थिए ।
सन् २०१९ को विश्वकपमा पाकिस्तानको टोलीमा समावेश भएका उनी बंगलादेशविरुद्धको खेलमा विश्वकपमा पाँच विकेट लिने सबैभन्दा युवा खेलाडी बनेका थिए । उनले खेलमा ३५ रन खर्चेर ६ विकेट लिए । विश्वकपमा कुनै पनि पाकिस्तानी बलरको यो सबैभन्दा उत्कृष्ट प्रदर्शन पनि थियो । विश्वकपपछि आईसीसीले उनलाई पुनः एकपटक उदीयमान खेलाडीको रूपमा चित्रित गरेको थियो ।
सन् २०२२ मा अफ्रिदी आईसीसीद्वारा वर्ष खेलाडी घोषित भए । उनले सन् २०२१ मा ३६ अन्तर्राष्ट्रिय खेलमा ७८ विकेट लिएका थिए । उनी गार्फिल्ड सोबर्स ट्रफी जित्ने पहिलो पाकिस्तानी पनि हुन् ।
एकदिवसीयमा उनले ४४ खेलमा ८६ विकेट लिइसकेका छन् । आज नेदरल्याण्ड्सविरुद्धको खेलमा पाकिस्तान उनको बलिङमा निर्भर हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलिया फर्कन विमान चढेका पञ्जाबका प्रमुख प्रशिक्षक रिकी पोन्टिङ फेरि होटल फर्किए
-
प्रदेश सरकारको ‘डिजिटल कर्णाली’ अभियानमा केन्द्र सरकारले सहयोग गर्ने
-
‘सम्झौता भएका ४६ परियोजना ५ वर्षभित्रमा कार्यान्वयन हुन्छ’
-
अभिनेत्री ऋचा घिमिरे अमेरिकन कम्पनीको ब्रान्ड एम्बासडर नियुक्त
-
कतारले उपहारमा दिने लग्जरी बोइङ जेट स्वीकार गर्ने तयारीमा ट्रम्प, एयर फोर्स वनको रूपमा नचलाउने
-
अमेरिका–इजरायलको सहायता वितरण योजना गाजावासीद्वारा अस्वीकार