शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

हलमा तीन फिल्म : ‘वानर सेना’, ‘मिसन रानीगञ्ज’ र ‘प प्याट्रोल’

शुक्रबार, १९ असोज २०८०, १२ : ३१
शुक्रबार, १९ असोज २०८०

काठमाडौँ । आज शुक्रबारबाट नेपाली हलमा एक नेपाली सहित तीन नयाँ फिल्म प्रदर्शनमा आए । फिल्म हुन् ‘वानर सेना’, ‘मिसन रानीगञ्ज’ र ‘प प्याट्रोल : द माइटी मुभी’ । तीन मध्य ‘वानर सेना’ नेपाली फिल्म हो, भने ‘मिसन रानीगञ्ज’ बलिउड र ‘प प्याट्रोल : द माइटी मुभी’ हलिउड फिल्म हो ।

नेपाली फिल्म ‘वानर सेना’ले केही सीमित हल पाएको छ, भने ‘मिसन रानीगञ्ज’ बलिउड र ‘प प्याट्रोल : द माइटी मुभी’ हलिउड फिल्मले धेरै हल पाएका छन् ।

‘वानर सेना’ अर्पण गिरीले निर्देशन गरेको फिल्म हो । फिल्ममा कामेश्वर चौरसिया, अर्जुन गुरुङ, सुरवीर पण्डित र आरजु प्रसाईंको मुख्य भूमिका छ । लभस्टोरी र एक्सन बिषयमा फिल्म निर्माण भएको हो ।

‘मिसन रानीगञ्ज’ अक्षय कुमारको मुख्य भूमिका रहेको फिल्म हो । भारतको एक कोइलाखानी दुर्घटनाको वास्तविक कथामा बनेको फिल्ममा अक्षयले जसवन्त सिंह गिलको भूमिका निर्वाह गरेका छन् । कोइलाखानीमा थुनिएका ६५ मजदुरको उद्धारका लागि गिलले गरेको बहादुरीको कथा फिल्मले देखाउन खोजेको छ । फिल्ममा परिणिती चोपडा र राजेश शर्माको पनि अभिनय छ । टिनु सुरेश देसाईले फिल्म निर्देशन गरेका हुन् ।

त्यस्तै प प्याट्रोः द माइटी मुभी’ फ्यामिली र एड्भेन्चर जनरामा राखिएको हलिउड फिल्म ‘प प्याट्रोल : द माइटी मुभी’ एनिमेटेड फिल्म हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप