डच बलरहरुको दबाब झेल्दै पाकिस्तानी ब्याट्सम्यान
काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकपको दोस्रो दिन शुक्रबार नेदरल्यान्ड्सविरुद्ध पाकिस्तानले खराब सुरुआत गरेको छ । टस हारी पहिलो ब्याटिङको निम्तो पाएको पाकिस्तानले १० ओभरको खेल सकिँदासम्म तीन महत्वपूर्ण विकेट गुमाएर ४३ रनमात्र बनाउन सकेको छ ।
पाकिस्तानका लागि विकेटकिपर ब्याट्सम्यान मोहम्मद रिजवान अविजित चार र साउद सकिल अविजित पाँच रन बनाउँदै क्रिजमा छन् । टोलीको कुल स्कोर १५ रन हुँदा पाकिस्तानले पहिलो विकेट गुमाएको थियो ।
पहिलो विकेटका रुपमा ओपनर फाखर जामन १२ रन बनाउँदै आउट भएका थिए । टोलीको कुल स्कोर ३४ रन हुँदा पाकिस्तानले दोस्रो विकेट गुमाएको थियो । कप्तान बाबर आजम पाँच रन बनाउँदै पेभेलियन फर्किएका थिए ।
त्यसपछि अर्का ओपनर इमाम उल हक पनि १५ रन बनाउँदै आउट भएका थिए । उनी आउट हुँदा पाकिस्तानले ३८ रन बनाएको थियो । खेलको प्रारम्भदेखि नै नेदरल्यान्ड्सका बलरले पाकिस्तानी ब्याट्सम्यानलाई दबाबमा राखेका थिए । नेदरल्यान्ड्सका बलर लोगन भान विक, कोलिन एकरम्यान र पल भान मिकेरनले एक—एक विकेट लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण