स्यास सेरोमनिसँगै प्रशिक्षणमा ‘मिसेस् नेपाल कल्चर २०२३’
काठमाडौँ । ‘मिसेस् नेपाल कल्चर २०२३’ का ३६ प्रतियोगी अहिले आफूलाई निखार्दै छन् । प्रतियोगिताको विजेता बन्दै शीर्ष उपाधि हात पार्न उनीहरु प्रशिक्षण मार्फत आफूलाई निखारी रहेका हुन् ।
नेपाली समाजको गौरवशाली सांस्कृतिक पृष्ठभूमि र त्यसको महत्वलाई सवद्र्धन र प्रवर्द्धन गर्न योगदान दिने उद्देश्यले युहान इन्टरनेसनलले गत वर्षदेखि यो प्रतियोगिताको थालनी गरेको हो । प्रतियोगिताको यो दोस्रो संस्करणका लागि तीनसय बढी आवेदनबाट विभिन्न चरणको अडिसन माफैत ३६ प्रतियोगी अन्तिम चरणका लागि छानिएका हुन् ।
यस्तैमा सबै प्रतियोगीलाई आयोजकले प्रतियोगिताको फाइनल प्रतिस्पर्धाका लागि आधिकारिकता प्रधान गर्न स्यास वितरण गरेको छ । कमलपोखरी स्थित सिटी सेन्टरमा रहेको टिटीएफसी फुड कोर्टमा आयोजित स्यास तथा प्रेस प्रेजेन्टेसन कार्यक्रम परिवारका सदस्यकै हातबाट स्यास वितरण गरिएको थियो ।
विवाह अगाडि र विवाह पछाडि पारिवारिक परिवेश र जिम्मेवारी फरक भएपनि व्यक्तिको जीवनमा परिवारको भूमिका महत्त्वपूर्ण रहन्छ भन्ने मनन गराउन परिवारको हातबाट स्यास वितरण गरिएको आयोजक युहान इन्टरनेसनलका सानु खानले बताए ।
नेपाल सांस्कृतिक संस्थानका महाप्रबन्धक अशोक प्यासी राईको समेत उपस्थिति कार्यक्रममा रहेको थियो । स्यास सेरोमोनीलाई ग्ल्यामराइज भन्दा पारिवारिक परिवेशको छनक दिँदै पारिवारिक सम्बन्ध गरिमा बढाउने तरिकाले गरिएको थियो । स्यास सेरोमोनी पश्चात् प्रत्येक सहभागीले प्रेस प्रेजेन्टेसन गरेका थिए ।
युहान इन्टरनेसनलको ब्यानरमा सानु खान ईभेन्ट व्यवस्थापक रहेको कार्यक्रमको फाइनल कार्तिक १ जमलस्थित राष्ट्रिय नाँचघरमा आयोजना हुनेछ । प्रतियोगिताको कोरियोग्राफी संचारकर्मी एवं फेसन कोरियोग्राफर रोजिन शाक्य रहेका छन् भने ब्राण्ड एम्बेसडर प्रथम मिस नेपाल रुबी राणा शाह रहेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण