बुढीगण्डकी जलबिद्युत आयोजना : १ अर्ब २२ करोड ५६ लाख मुआब्जा वितरण
गोरखा - बुढीगण्डकी जलबिद्युत आयोजना प्रभावितलाई १ अर्ब २२ करोड ५६ लाख ८० हजार २ सय ३७ रुपैया मुआब्जा बितरण भएको छ । गोरखा र धादिङका ६ सय ५ परिवारलाई उक्त रकम दिइएको बुढीगण्डकी जलविद्युत आयोजना विकास समितिले जनाएको छ ।
कार्यालयका अनुसार गोरखाका ५ सय ८३ जनालाई १ अर्ब १९ करोड ५६ लाख ८० हजार सय ३७ रुपैया वितरण गरिएको छ भने धादिङका २२ जनालाई ३ करोड वितरण गरिएको छ ।
गोरखाका बुढी गण्डकी प्रभावित क्षेत्रबाट १ हजार ३९ निवेदन दर्ता भएको छ भने ३६ निवेदन छुट भएको छ । धादिङका १४ सय ८७ निवेदन दर्ता भएको छ भने ३ सय निवेदन छुट भएको छ ।
यस्तै कार्यालयले गोरखाका ९ सय ८२ र धादिङको १३ सय ९६ पुर्जा मालपोत कार्यालयमा पठाएको छ ।
आयोजना स्थलमा जग्गा अधिग्रहणका लागि सबैभन्दा कम प्रतिरोपनी ५ लाख २५ हजार प्रतिरोपनी र सबैभन्दा बढी ८ लाख ३५ हजार कायम गरिएको छ । ११ आधारमा जग्गा बर्र्गिकरण गरेर मुआब्जा वितरण कार्य भइरहेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको महाधिवेशन उपसमितिमा को–को समेटिए ? (सूचीसहित)
-
रुग्ण उद्योग पुनरुत्थानको बाटोमा सरकार, सांसद भन्छन्ः औपचारिकता होइन, रोजगारी सिर्जना होस्
-
स्टार्टअप प्रवर्द्धन गर्न सरकारले ल्यायो 'स्टार्टअप फास्ट ट्र्याक कार्ययोजना'
-
संक्रमणकालीन न्याय टुङ्ग्याउन आयोग गठनको प्रक्रिया अघि बढ्यो : कानुनमन्त्री
-
बालेन संसद्मा आएनन्, स्वर्णिमलाई दिए जवाफको जिम्मा
-
चुनाव हारेका उम्मेदवारहरूलाई साक्षी राखेर केन्द्रीय समिति बैठक गर्दै राजेन्द्र लिङ्देन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण