शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

जब मदनकृष्ण आफ्ना गीत सुनाउन सन्तानसहित मञ्चमा देखापरे...

शनिबार, २० असोज २०८०, ११ : १९
शनिबार, २० असोज २०८०

काठमाडौँ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले परिवारसहित ‘मदनकृष्ण मुड’मा प्रस्तुत भएका छन्। सिस्नुपानी नेपालको आयोजना र पाठशाला नेपालको सहकार्यमा शुक्रबार थापागाउँस्थित पाठशाला स्कुलको मदनकृष्ण नाट्यशालामा उनले प्रस्तुति दिएका हुन्।

श्रेष्ठको स्वास्थ्यलाभको कामना एवम् पारिवारिक साङ्गीतिक साधनाको प्रस्तुतिमा जहाँ उनले आफ्ना हिट र कालजयी गीतहरू प्रस्तुत गरेका थिए। पूर्वप्रधानमन्त्रीद्वय केपी शर्मा ओली र बाबुराम भट्टराई,  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, नेपाली कांग्रेसमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायत संवैधानिक अंगका विशिष्ट व्यक्ति, डा.सन्दुक रुइतलगायत अन्य व्यक्तिहरू श्रेष्ठमा गीत सुन्न प्रेक्षालयमा उपस्थित थिए।

madan1

‘मदनकृष्ण मुड’ श्रेष्ठले आफ्ना चर्चित गीतहरू अरबौँ मान्छेहरूमा, खोला वारी खोलापारी, एउटै सपना छ, हे भगवान्, फूलबुट्टे सारी लगायतका गीतहरू प्रस्तुत गरे। श्रेष्ठलाई साथ दिन मञ्चमा उपस्थित उनका छोरा यमन श्रेष्ठले एउटै लक्ष्यको बाटोमा, सेल्फी गीत प्रस्तुत गरे। यस्तै छोरी सराना श्रेष्ठले ती जून जस्तै, एकतर्फी माया न हो जस्ता कालजयी गीत प्रस्तुत गरिन्। तीनै जनाले य थरी बाजा गीत सामूहिक प्रस्तुत गरे।

उनीहरूलाई वाद्यवादनमा भूपेन्द्र रसाइली, कृष्ण लिम्बु, प्रवीण श्रेष्ठ, वैभवविक्रम परियार र मिलन घिमिरेले साथ दिएका थिए।  उनलाई सुन्न देशका विभिन्न क्षेत्रमा ख्याति कमाएका व्यक्तिहरू हलमा उपस्थिति थियो। हलभित्र नअटाएका दर्शकले बाहिर डिस्प्लेमा कार्यक्रमलाई नियालेका थिए।
कलाकार श्रेष्ठको जन्म वि.सं. २००७ साल वैशाख ७ गते काठमाडौँमा भएको हो। उनी रामकृष्णलाल श्रेष्ठ र लक्ष्मीका एक्ला छोरा हुन्। 

mmm

उनले ‘सुख दुख’, ‘वासुदेव’ र के घर के डेरा लगायत फिल्ममा खेले। हजारवटा जति टेलिफिल्ममा खेलेका छन्। विज्ञापन नाटक सयौँपटक प्रहसन गरेका छन्। पञ्चायतको श्राद्ध, अभिभावक, पिकनिक, गाउँखाने कथा–२, अभिनन्दन, लालपुर्जालगायत थुप्रै कार्यक्रम गरे। जनचेतना जगाउने काममा उनीहरूको अभूतपूर्व योगदान छ। तर, उनी अब्बल कलाकारसहित अब्बल गीतकार र गायक पनि हुन्।

समारोहको सञ्चालन सरोज घिमिरेले गरेका थिए भने साङ्गीतिक साँझमा लक्ष्मण गाम्नागे, टंक आचार्य, चक्र दवाडीले सहजीकरण गरेका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप