आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

प्रभु क्यापिटलले ल्यायो ‘प्रभु बिग सट’

शनिबार, २० असोज २०८०, १३ : ०३
शनिबार, २० असोज २०८०

काठमाडौँ । प्रभु क्यापिटल लिमिटेडले पन्ध्रौँ साधारण सभाको अवसर पारेर ‘प्रभु बिग सट’ नामक लगानी व्यवस्थापन सेवा सार्वजनिक गरेको छ । हालको लगानी व्यवस्थापन सेवा साधारण जनतालाई मात्र केन्द्रित भएको जनाउँदै उक्त लगानी व्यवस्थापन सेवा भन उच्च नेटवर्थ भएका व्यक्ति तथा संस्थाहरूलाई केन्द्रित भएको क्यापिटलले जनाएको छ ।

उच्च पदस्थ व्यक्तिहरुको समय व्यस्तता हुने र लगानीमा उचित समय दिन नसकिने समस्यालाई मध्ये–नजरमा राखी सो योजना क्यापिटलले सुरुवात गरेको हो ।

यो योजनाको विशेषता निम्नअनुसार रहेको छ :
–न्यूनतम लगानीः ५० लाख
–न्यूनतम लगानी अवधिः ३ वर्ष
–ह्र्डल रेटः ८ प्रतिशत
–वार्षिक व्यवस्थापन शुल्क (एएमसी) : १ प्रतिशत
–मुनाफामा लाग्ने शुल्कः १५ प्रतिशत

लगानीकर्ताले रु ५० लाखबाट यो लगानी व्यवस्थापन सुरु गर्न सक्नेछन् । रु ५० लाख लगानीकर्ताले क्यास, आफ्नो शेयर पोर्टफोलियो, अथवा क्यास र शेयर पोर्टफोलियो मिक्स गरी लगानी व्यवस्थापन सुरु गर्न सक्नेछन् । प्रभु बिग सटलगानी व्यवस्थापन सेवामा आबद्ध भई ग्राहकहरूले विशेष प्रिमियम प्याकेजको लाभ समेत लिन सकिने क्यापिटलले जनाएको छ । 

विशेष प्रिमियम प्याकेज अन्तर्गत ग्राहकको एकाघर घर परिवारका सदस्यहरूलाई आजीवन निःशुल्क डिम्याट खाता, क्यापिटलको अन्य लगानी व्यवस्थापन योजनाहरूमा वार्षिक शुल्क तथा मुनाफामा लाग्ने शुल्कमा ५० प्रतिशत छुट र निःशुल्क लगानी सम्बन्धी परामर्श तथा उत्कृष्ट कम्पनीहरूको संस्थापक शेयरमा लगानीको प्रस्ताव तथा अवसर प्रदान गरिनेछ ।

साथै यो सेवा बजारको समय सापेक्ष ल्याइएको तथा नेपालीहरूको महान् चाड दसैँ, तिहार तथा छठको अवधि भित्र यस योजनासँग जोडिने लगानीकर्ताहरूलाई योजनामा लाग्ने शुल्कमा थप छुटको व्यवस्था समेत गरिएको छ । क्यापिटलले ग्राहकको सेवालाई प्राथमिकतामा राखी अभिनव प्रकारका योजनाहरू सञ्चालन गरी रहेको छ । 

क्यापिटलका अनुसार लगानी व्यवस्थापन सेवा योजनामा संलग्न भएका सेवाग्राहीले दैनिक रूपमा अनलाइनबाटै आफ्नो पोर्टफोलियो हेर्न सक्ने तथा साप्ताहिक पोर्टफोलियोको विवरण ई–मेल मार्फत पाउने व्यवस्था प्रदान गरिरहेको छ । ग्राहकले प्रभु क्यापिटलको डिजिटल एप मार्फत पनि आफ्नो पोर्टफोलियो दैनिक हेर्न सक्ने सुविधा शुरु गरिसकेको क्यापिटलले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप