मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

कानुन निर्माणमा एमालेको प्रतिपक्षीय भूमिका हुँदैन : अध्यक्ष ओली

शनिबार, २० असोज २०८०, १९ : २९
शनिबार, २० असोज २०८०

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले कानुन निर्माणमा आफ्नो पार्टी प्रतिपक्षको भूमिकामा नरहने बताएका छन् । शनिकार ललितपुरमा आयोजित विद्युत् विधेयकसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । 

अध्यक्ष ओलीले राष्ट्रिय हितलाई केन्द्रमा राखेर कानुन निर्माण गर्नुपर्ने भएकाले आफूहरू प्रतिपक्षको भूमिकामा प्रस्तुत नहुने बताए । अध्यक्ष ओलीले विद्युत् विधेयक २०८० लाई राष्ट्रिय हितमा हुने गरी संसदबाट पारित गराउन आफ्नो पार्टीले नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताए । उनले दलीय आधारमा संसदमा सो विधेयकबारे छलफल भए पनि त्यसलाई राष्ट्रिय हित अनुकूल हुनेगरी पारित गराउन आफ्नो पार्टीले रचनात्मक भूमिका निर्वाह गर्ने पनि बताए ।

‘हामी संसदमा विद्युत् विधेयकका विषयमा राम्रो छलफल गर्छौं । यो हाम्रो भूमिका भनेको प्रतिपक्षीय भूमिकाको कुरा होइन । हाम्रो भूमिका प्रतिपक्षको भूमिका होइन । राष्ट्रिय भूमिका हुन्छ, ‘राष्ट्रको हितको भूमिका हुन्छ । त्यसको पक्षमा हुन्छ । हामी प्रतिपक्षको भूमिकाका आफूलाई प्रस्तुत गर्दैनौँ’ उनले भने– ‘म साथीहरूलाई आग्रह गर्न चाहन्छु कि यो छलफल त दलीय आधारमा होला । तर कानुन त दलीय कानुन हुँदैन । राष्ट्रको कानुन निर्माण हुन्छ । त्यसकारण यसमा दलीय प्रश्न होइन, राष्ट्रको प्रश्न, दलको हित होइन, राष्ट्रको हित । यसलाई ध्यानमा राखेर हामीले छलफल गरेका छौं । छलफलको उद्देश्य पनि त्यही हो ।’

ओलीले कानुन निर्माणको विषयलाई दलीय प्रश्न बनाउन नहुने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप