हुम्लामा बोलेरो जीप दुर्घटना हुँदा नौ जना घाइते
आइतबार, २१ असोज २०८०, १४ : ३८
हुम्ला । हुम्लामा बोलेरो जीप दुर्घटना हुँदा नौ जना घाइते भएका छन् ।
आइतबार बिहान ११ बजे सदरमुकामबाट सिमकोट गाउँपालिका– २ ठेहे जाँदै गरेको बा२१च ७३५३ नम्बरको बोलेरो जीप सिमकोट गाउँपालिकास्थित मानसरोवर विद्यालयनजिकै दुर्घटनामा परेको हो ।
दुर्घटनामा सिमकोट गाउँपालिका– २ का वडाध्यक्ष देवजग बोहोरा र वडा नम्बर ३ का वडाध्यक्ष पामा लामासहित नौजना घाइते भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।
प्रहरीका अनुसार घाइतेको जिल्ला अस्पतालमा उपचार नभएपछि जिल्लाबाहिर लैजानका लागि हेलिकोप्टरको तयारी भइरहेको छ ।
जीप सडकभन्दा दुई सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ उम्मेदवारको दरखास्त स्वीकृत
-
१० बजे १० समाचार : बालेन सरकारविरूद्ध प्रचण्डकाे ‘घेराबन्दी सूत्र’, ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण