शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

इन्टेरियर डिजाइनको प्रतिस्पर्धा ‘स्पेस एण्ड डिजाइन एक्सो’ हुने

आइतबार, २१ असोज २०८०, १५ : ४४
आइतबार, २१ असोज २०८०

काठमाडौँ । आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टेरियर डिजाइनको आयोजनमा दोस्रो ‘स्पेस एण्ड डिजाइन एक्सो’ नामक प्रदर्शनी आयोजना हुने भएको छ । आगामी २५ र २६ गते ललितपुरको लबिम मलमा आयोजना हुने प्रदर्शनी प्रतियोगीतामा आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टेरियर डिजाइनमा अध्यायनरत ८० विद्यार्थीका इन्टरियर सम्बन्धी सिर्जनाहरु प्रदर्शनी प्रतिस्पर्धामा राखिनेछ ।

विशिष्ट ब्यक्तिहरुको उपस्थितीमा उद्घाटन, प्रमाण पत्र तथा पुरस्कार वितरण र दिक्ष्यन्ता गरेर कार्यक्रम तीन चरणमा आयोजना हुनेछ । 

बर्जर पेन्टस् र प्राईम टाइलको मुख्य प्रायोजन रहेको प्रदर्शनीमा सहभागी ३० विद्यार्थीले थेशिश प्रोजेक्टको रुपमा आफ्नो कला प्रदर्शनीमा प्रस्तुत गर्नेछन्, भने अर्काे ३० विद्यार्थी कार्यक्रमको समापनसँगै दिक्ष्यन्ता समारोहमा सहभागी हुनेछन् । जहाँ उनीहरुलाई व्यवसायिक इन्टेरियर डिजाइनरको पदवी प्रदान गरिने छ । बाँकी विद्यार्थीले क्याफे डिजाइन थिममा रेस्टुरेन्ट र क्याफेहरु कसरी आकर्षक डिजाइन गर्न सकिन्छ भनेर प्रस्तुत गर्ने आईआईएफटीकी कार्यकारी निर्देशक बिपना थापाले जानकारी दिइन् ।

प्रदर्शनीमा सहभागी इन्टेरियर डिजाइन अध्ययन गरेका र प्रदर्शनीमा सहभागी थेशिश प्रोजेक्ट र क्याफे डिजाइन थिममा आफ्नो सिर्जनाहरु पस्किनेलाई ३, ३ जना सहभागीलाई प्रथम, दोस्रो र तेस्रो छनौट गरेर नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टरियर डिजाइन विगत एक दशकदेखि फेसन तथा इन्टेरियर डिजाइन  सम्बन्धी अध्ययन गराउँदै आएको कलेज हो । आईआईएफटीले आफ्नो विद्यार्थीका सिर्जना आम जनमानसमा परिचित गराउने उद्देश्यले यो कार्यक्रम गर्दै आएको हो । फेसन डिजाइनमा १४ महिना र इन्टेरियर डिजाइनमा १५ महिनाको कोर्ष प्रदान गर्दै आएको  आईआईएफटीका शाखाहरु काठमाडौँको हेरिटेज प्लाजा, बागबजारको बागबजार प्लाजा र ललितपुरको कुमारीपाटीमा छ । 

नेपालकै ठुलो फेसन र इन्टेरियर अध्यापन संस्थाको रुपमा परिचित आईआईएफटीले आफ्नो अध्यापन गर्ने विद्यार्थीका लागि सिर्जना प्रस्तुत गर्न विभिन्न फेसन शो, ‘स्पेस एण्ड डिजाइन एक्सो’ लगायत कार्यक्रम आयोजना गर्दै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप