भृकुटीमण्डपमा दसैँ लक्षित स्टक क्लियरेन्स मेला, ५० प्रतिशतभन्दा बढी छुट
काठमाडौँ । दसैँको अवसर पारेर आउँदो बिहीबारदेखि भृकुटीमण्डपमा छैटौँ संस्करणको स्टक क्लियरेन्स मेला ‘ग्राण्ड सेल’ आयोजना हुने भएको छ । दसैँका लागि सस्तो मूल्यमा वस्तु तथा सेवा एकै छानामुनि उपलब्ध गराउने उद्देश्यका साथ इभेन्ट सोलुसन प्रालिले मेला आयोजना गर्न लागेको हो ।
बजारको तुलनामा दैनिक उपभोग्य सामानहरू सस्तोमा उपलब्ध हुने इभेन्ट सोलुसन प्रालिका प्रबन्ध निर्देशक विजय सागर प्रधानले जानकारी दिए । “एकै छानामुनि सुपथ मूल्यमा आम उपभोक्तालाई दसैँको किनमेल गराउने उद्देश्यले मेला आयोजना गरिएको हो,” प्रधानले भने ।
नेपाल, भारत, चिन, बङ्गलादेश, पाकिस्तान, मलेसिया, जापान तथा अन्य युरोपेली मुलुकमा उत्पादित सामानहरूको बृहत् मेलामा सामान खरिद गर्ने ग्राहकले ५० प्रतिशतभन्दा बढी दसैँ विशेष छुट पाउने छन् । नेपाली उत्पादनमा विभिन्न किसिमका अफरहरू पनि सञ्चालन हुनेछ । बर्सेनि आयोजना हुँदै आएको एक्स्पोलाई यस पटक पनि निरन्तरता दिँदै ‘दसैँको बेला सस्तो मेला’ नारा दिइएको इभेन्ट सोलुसनका प्रबन्ध निर्देशक प्रधानले बताए ।
मेलामा दसैँका लागि आवश्यक सबै किसिमका सामग्रीहरू सस्तो मूल्यमा किनमेल गर्न सकिने प्रधानले बताए । “मेलामा कपडा, जुत्ता, ह्याण्डीक्राफ्ट, इलेक्ट्रोनिक्स, मोटरसाइकल होम अप्लाइन्सेज लगायतका स्टलमा उपभोक्ताका आवश्यकता अनुसारका सामानहरू राखिनेछ । बजारको तुलनामा सस्तोमा स्वदेशी तथा विदेशी ब्रान्डका सामान खरिद गर्न सकिन्छ,” प्रधानले भने ।
दसैँको किनमेलका लागि उपभोक्ता बजारमा धेरै भौँतारिनु पर्ने अवस्था नहोस् भन्नका लागि एउटै छानामुनि क्लियरेन्स मेला आयोजना गरिएको उनको भनाइ छ ।
असोज २५ गते सुरु हुने मेला २९ गतेसम्म चल्नेछ । बिहान १० देखि साँझ ६ बजेसम्म चल्ने मेलामा ५० हजार उपभोक्ता आउने अपेक्षा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण