मण्डला थियटरमा नियमित ‘ब्युँझिएको सिरानी’
काठमाडौंँ । थापागाउँस्थित मण्डला नाटकघरमा केही दिनदेखि नाटक ‘ब्युँझिएको सिरानी’ नियमित मञ्चन भैरहेको छ । गत असोज १६ गतेबाट सुरु भएको नाटकका परिकल्पना तथा निर्देशन जेडी तमु रहेका छन् ।
मानसिक स्वास्थ्यको विषयमा बनेको नाटकले एउटा मानिसले आफ्नो लक्ष्य प्राप्तिका लागि गर्ने संघर्षको दौरानमा आउने उतार चढावको कथा देखाएको छ । नेपाली लोक गीत, लोक नृत्य र गीत संगीतको संयोजन सहित प्रस्तुत हुने नाटकका कला निर्देशन अनिल सुब्बा हुन् ।
प्रविती राई, नवीन बयल्कोटी र आयुषले प्रत्यक्ष संगीत प्रस्तुती दिने नाटकको प्रकाश परिकल्पना उमेश तामाङ रहेका छन् ।
रूपेश लामा, वेदना राई, सुरज तमू, मनि के राई, सुजन सेनेहाङ, सृष्टि महर्जन, दिया शाक्य, रेनुका घर्ति मगर, मुस्कान राउत, लुनिभा महर्जन, रामचन्द्र पनेरू, ग्लोरी थापालगायत कलाकारको अभिनय रहने नाटक असोज २८ गतेसम्म नियमित मञ्चन हुने मण्डला थियटरले जनाएको छ ।
‘ब्युँझिएको सिरानी’ वाइ स्ट्यान्ड डान्स स्कुलको प्रस्तुति र इलाम गुरुङ सोसाइटीको सह–प्रस्तुतिमा तयार भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण