सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

२४ घण्टामा १७४ जनामा डेंगु सङ्क्रमण पुष्टि

सोमबार, २२ असोज २०८०, १३ : ४४
सोमबार, २२ असोज २०८०

काठमाडौँ । नेपालमा गएको २४ घण्टामा १७४ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका (ईडीसीडी) को तथ्याङ्कअनुसार थप १७४ जनामा सङ्क्रमण पुष्टि भएको हो । यससँगै हाल देशभर ३५ हजार २२३ जनामा डेंगु सङ्क्रमित पुगेका छन् । 

आठ महिनाको अवधिमा ती सङ्क्रमितमध्ये २० जनाको मृत्यु भएको छ । यस्तै सङ्क्रमण ७६ जिल्लामा देखिएको महाशाखाले जनाएको छ ।

 सङ्क्रमण देखिएका जिल्लामध्ये सबै धेरै सङ्क्रमित सुनसरी जिल्लामा छन् । सुनसरीमा १६ हजार ८० जनामा सङ्क्रमण पुष्टि भएको छ ।

 यस्तै झापामा ३ हजार ५६२ सङ्क्रमित भएका छन् भने धादिङ जिल्लामा ३ हजार १२३ सङ्क्रमित छन् ।  

तनहुँमा  ३ हजार १२१  जना सङ्क्रमित भएका छन् भने मोरङमा  २ हजार २७३ सङ्क्रमित भएका छन् । यस्तै, कास्की ७७२ जनामा पुष्टि हुँदा काठमाडौँमा ७६४ जना सङ्क्रमित भएको ईडीसीडीले जनाएको छ । 

उता सङ्खुवासभामा ५२६ जना सङ्क्रमण पुष्टि हुँदा कैलालीमा  ४८० जनामा सङ्क्रमण भएको छ । धनकुटामा संक्रमितको संख्या ४४५ जना पुगेको छ ।

सात प्रदेशमध्ये सबैभन्दा धेरै सङ्क्रमित कोशी प्रदेशमा रहेको आँकडाले देखाएको छ । महाशाखाका अनुसार कोशी प्रदेशमा मात्रै २३ हजार ६७४ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । 

त्यसपछि बाग्मती प्रदेशमा ४ हजार ७८० जना सङ्क्रमित छन् भने गण्डकी प्रदेशमा ४ हजार ८१३ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

 त्यस्तै सुदूरपश्चिम प्रदेशमा १ हजार ४३, मधेस प्रदेशमा ५७९, लुम्बिनी प्रदेशमा ६३२ र कर्णाली प्रदेशमा १२१ जनामा सङ्क्रमण पुष्टि भएको महाशाखाको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप