'थप क्षति र जोखिम हुन नदिन प्रभावमा आधारित मौसम पूर्वानुमान आवश्यक'
काठमाडौँ । मौसम विज्ञहरुले थप क्षति र जोखिम हुन नदिन प्रभावमा आधारित मौसम पूर्वानुमान अहिलेको आवश्यकता रहेको बताएका छन् ।
सोमबार काठमाडौँमा भएको प्रभावमा आधारित मौसम पूर्वानुमान सम्बन्धी जानकारी र सञ्चारकर्मी अभिमुखीकरण कार्यक्रममा विज्ञहरुले प्रतिकुल मौसमी अवस्था र त्यसले पार्ने प्रभाव पत्ता लगाउन प्रभावमा आधारित मौसम पूर्वानुमान अहिलेको आवश्यकता रहेको बताएका हुन् ।
उनीहरुले मौसम कस्तो छ ? पानी पर्छ की पर्दैन ? भनेर मात्रै नभई पानीले के—के प्रभाव पार्छ ? भन्ने किसिमको जानकारी सहितको पूर्वानुमानका लागि प्रभावमा आधारित मौसम पूर्वानुमान चाहिने बताए ।
सिनियर डिभिजनल मेटेरियोलोजिस्ट शान्ति कँडेलले प्रभावमा आधारित मौसम पूर्वानुमानले मौसमपश्चात पार्ने प्रभाव जानकारी पाउन र आवश्यक कार्ययोजना बनाउन सहयोग पुग्ने बताइन् ।
जल तथा मौसम विभागका उपमहानिर्देशक अर्चना श्रेष्ठले मौसम पूर्वानुमान, जल पूर्वानुमान, बाढी पूर्वानुमान सम्बन्धी सही सूचना पु¥याउन सञ्चार माध्यमको भूमिका अग्रणी रहने बताइन् । उनले जल तथा मौसम पूर्वानुमानको महत्व, जलवायु परिवर्तनको बारेमा जनचेतना जगाउन र नीति निर्मातालाई सुसूचित गर्न मिडियाको भूमिका महत्त्वपूर्ण रहने बताइन् ।
श्रेष्ठले नेपालको पर्वतीय मौसमले नेपाल मात्र नभई एशिया र समग्र विश्वलाई पनि प्रभाव पार्ने बताइन् ।
उनले कृषि, आन्तरिक हवाई सुरक्षाका लागि पर्वतीय मौसम प्रणालीको अध्ययन गर्न जरुरी रहेको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर ६२.६८ प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा
-
स्याङ्जाका उत्कृष्ट कृषक सम्मानित
-
कासिमिरोको गोलसँगै ब्राजिल र जापान १–१ को बराबरीमा, खेल रोमाञ्चक मोडमा
-
१२ बजे १२ समाचार: कर्णालीका मन्त्रीको मनपरीदेखि विद्यार्थी सङ्गठनका संरचना हटाउन निर्देशनसम्म
-
पहिलो हाफको समाप्तिसम्म ब्राजिलविरुद्ध जापानको १–० को अग्रता
-
जापानद्वारा ब्राजिलविरुद्ध १–० को सुरुवाती अग्रता, २९औँ मिनेटमा काइशु सानोको गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण