शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

‘लभ सूत्र’मा शिल्पा, विनय र संजोग

सोमबार, २२ असोज २०८०, १८ : ००
सोमबार, २२ असोज २०८०

काठमाडौँ । पछिल्लो समय डिजिटल प्रविधिको विकाससँगै वेभ सिरिज निर्माणमा तिव्रता छाएको छ । यस्ता सिरिजमा ठुलो पर्दाका  कलाकार समेत देखिन थालेका छन् ।

यस्तैमा कान्तिपुर सिनमाजले फिल्मका कलाकार लिएर सिरिज ‘लभ सूत्र’ निर्माण गरेको छ । शिल्पा मास्के, विनय श्रेष्ठ, संजोग कोइराला, सजन श्रेष्ठ, संजोग रसाइली र रवीन्द्र झा लगायतको अभिनय रहेको सिरिजको टिजर र फस्टलुक सार्वजनिक गरिएको छ । ट्रेलर हेर्दा सिरिज लभ स्टोरी र कमेडी बनेको देख्न सकिन्छ । 

भि मोसन पिक्चर्स र ओएसआर डिजिटलले मिलेर बनाएको सिरिजलाई निरोज महर्जनले निर्देशन गरेका हुन् । ३० देखी ४० मिनेटको ५ वटा एपीसोडमा सिरिज तयार हुनेछ । जसलाई संसार भरबाट सब्स्क्रीप्सन लिएर मोबाइल फोन, वेव र स्मार्ट टिभीमा सिरिज हेर्न सकिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप