शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

टिपरका कारण सास्ती भोग्नु परेको स्थानीयकाे गुनासो

सोमबार, २२ असोज २०८०, २१ : ३३
सोमबार, २२ असोज २०८०

काभ्रे ।  काभ्रेमा टिपरका कारण सास्ती भोग्नुपरेको गुनासो गरेका छन् । सोमबार जिल्ला प्रहरी कार्यालय काभ्रेको अनुगमन मूल्याङ्कनका लागि धुलिखेल पुगेका राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरिक्षक सन्दिप भण्डारीसँग स्थानीय सरोकारवालाहरुले टिपरका कारण सबै क्षेत्र र व्यवसाय प्रभावित भएको भन्दै सरोकारवालाहरुले प्रहरीसमक्ष गुनासो गरेका छन् । 

प्रहरी अतिरिक्त महानिरीक्षक भण्डारीसहित प्रहरी नायब महानिरीक्षक किरण राणा, यज्ञविनोद पोखेरेलसहित टोलीसँगको अन्तरक्रियाका क्रममा काभ्रेका उद्योगी, व्यवसायी, सञ्चारकर्मी, अधिकारकर्मीहरुले टिपरको कारण असुरक्षा बढ्दै गएको गुनासो गरेका थिए ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य मञ्जुकुमार कोजूले टिपरको प्रेसर हर्नका कारण समस्या भएको भन्दै नियन्त्रण गर्न प्रहरीलाई अनुरोध गरे । उनले टिपरको तिव्र गतिका कारण दुर्घटना बढ्नुका साथै दैनिक यात्रामा समेत जोखिम व्यहोर्नुपर्ने वाध्यता रहेको बताए । 

क्षेत्रीय होटल संघ धुलिखेलकी सचिव ज्योत्सना सैंजुले टिपरले बजाउने प्रेसर हर्नका कारण पर्यटन व्यवसाय नै प्रभावित भएको भन्दै विदेशी पर्यटकले बुकिङ समेत रद्द गर्ने स्थिति बनेको बताइन् । नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष बद्रिराज तिमल्सिनाले टिपरका कारण पर्यटन व्यवसाय, आवतवाजतमा नै समस्या भएको भन्दै प्रहरीले गम्भीरतापूर्वक लिनुपर्ने बताए ।

उनले टिपरका कारण दुर्घटना बढेको, टिपरको ओभरलोड नियमन प्रभावकारी नभएको, सडकसमेत क्षति भएको तर्क गर्दै प्रहरीले नियन्त्रण गर्न चासो देखाउनुपर्ने बताए । लागूऔषध दुर्व्यसन, बालयौन दुर्व्यवहार, आत्महत्या नियन्त्रणको लागि प्रहरीले अभियान चलाउनुपर्ने उनले बताए । अपराधका स्वरुप फेरिएको भन्दै वित्तिय अपराधका घटना बढ्दै गएको उनको भनाई छ । 

अधिकारकर्मी कृष्णप्यारी नकर्मीले दोभासेको व्यवस्था नहुँदा बौद्धिक अपांगता भएका र बहिराहरुलाई समस्या भएको भन्दै नीतिगत रुपमा नै प्रहरी कार्यालयमा दोभाषे व्यवस्था गर्न अनुरोध गरिन् । आफ्नो कुरा राख्ने स्थान नुहँदा मानिसले आफ्नो निर्णय आफैं गरेर आत्महत्या बढेको भन्दै मनोसामाजिक परामर्श खाँचो रहेको उनले बताइन् । नेपाल अपांग महिला संघकी महासचिव पम्फा पुर्कोटीले अपांगता भएका महिला बढी हिंसामा पर्ने भन्दै सार्वजनिक यातायातमा आरक्षण सिट समेत प्रयोग गर्न नपाएको गुनासो गरिन् ।  

प्रहरी अतिरिक्त महानिरिक्षक सन्दिप भण्डारीले टिपरका कारण सिर्जित समस्या समाधानको लागि प्रहरी  प्रतिवद्ध रहेको बताए । उनले ओभरलोड नियन्त्रणको लागि बैज्ञानिक मापदण्ड कार्यान्वयन गर्न ट्राफिक प्रहरीलाई निर्देशन दिए ।

आत्महत्या विकराल समस्याको रुपमा आएको भन्दै सबै सरोकावालाको सहकार्यमा नियन्त्रण गर्नुपर्ने बताए । दोभाषेको आवस्यकता महशुस गर्दै उनले सार्वजनिक यातायातमा अपांगता भएकाहरुको आरक्षण सिट प्रयोग गर्ने व्यवस्था कडाई गर्न मातहतलाई सर्कुलर गर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप