जसपाले गर्यो सूचना तथा प्रविधिका लागि दरखास्त आह्वान
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले सूचना र प्रविधिको क्षेत्रमा पार्टीलाई सहयोग गर्न चाहने सदस्यबाट दरखास्त आह्वान गरेको छ ।
सूचना तथा प्रविधि विभागले पार्टीलाई प्रविधियुक्त बनाउने उद्देश्यले दरखास्त आह्वान गरेको पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए । सो दरखास्त पार्टीका सदस्यले मात्र भर्न पाउँछन्’, उनले भने, पार्टीमै दक्ष व्यक्ति छन् त्यसलाई जिम्मेवारी दिएर काम लगाउनेछ ।’
त्यसबापत दिइने तलबबारे खुलाइएको छैन । तर सो क्षेत्रमा दक्षता भएकाहरूबाट प्रविधिमार्फत व्यापक नेटवर्क स्थापित गरी पार्टी परिचालन गर्ने तयार भइरहेको उनले बताए ।
फर्म भर्नका लागि देशैभरका पार्टी कमिटीलाई भनिएको छ । तर दरखास्त भर्नका लागि पार्टीका केन्द्रीय समिति सदस्य, प्रदेश समिति सदस्य वा जिल्ला समिति सदस्यले सिफारिस गरेको हुनुपर्ने छ ।
दरखास्त अनलाइनमार्फत भर्ने व्यवस्था गरिएको छ । पार्टीको वेबसाइटमा अनलाइन फर्म राखिएको छ । जसअनुसार फर्म भर्न १५ दिनको समय दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण