संसदीय समितिमा परराष्ट्रमन्त्री
इजरायलको भ्रमण नगर्न सरकारको आग्रह
मङ्गलबार, २३ असोज २०८०, ११ : ४०
काठमाडौँ । सरकारले नेपालीहरूलाई तत्काल इजरायलको भ्रमण नगर्न आग्रह गरेको छ । मंगलबार प्रतिनिधि सभा अन्तर्गत रहेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिकाे बैठकमा परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले अहिले त्यहाँ युद्धको अवस्था रहेकाले भ्रमण भए रोक्न र भ्रमण नगर्न आग्रह गरेका हुन् ।
उनले इजरायलबाट नेपाल फर्कन चाहनेहरूको अनलाइन मार्फत विवरण संकलन गरिरहेको बताउँदै नेपालीहरूको उद्धारका लागि आवश्यकता अनुसार इजरायल सरकार र छिमेकी देशहरूको सहयोग लिने जानकारी गराए ।
समितिमा मन्त्रालयका सचिव भरतराज पाैड्यालले सामान्य अवस्थामा निधन भएका र युद्धमा मारिएकाहरूको शव ल्याउनका लागि फरक व्यवस्था रहेको बताए । युद्धका कारण निधन भएकाहरूको शव सेनाको जिम्मामा हुने भएकाले सोहीअनुसार प्रक्रिया जारी रहेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकसेवा पदपूर्ति रोक्ने निर्णय फिर्ता लिन अनेरास्ववियू (क्रान्तिकारी) को माग, आन्दोलनको चेतावनी
-
कृषिप्रधान देशमै खाद्यान्नमा परनिर्भरः एकै वर्षमा भित्रियो झण्डै ६० अर्बको अन्न
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइक गर्न कांग्रेसको माग
-
शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीको उत्कृष्ट नतिजा, ३ विद्यार्थीले दिलाए पदक
-
प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेप बढेको महासंघको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण