सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
संसद्

संसद्को वर्षे अधिवेशन अन्त्यको तयारी

मङ्गलबार, २३ असोज २०८०, १७ : ४६
मङ्गलबार, २३ असोज २०८०

काठमाडौँ । सरकारले संघीय संसद्को वर्षे अधिवेशन अन्त्यको तयारी गरेको छ । गत वैशाख २४ गतेदेखि सुरु भएको वर्षे अधिवेशन निर्वाचनपछि बनेको प्रतिनिधि सभाको दोस्रो अधिवेशन हो । 

यही असोज २७ गते आसपासको मितिमा अधिवेशन अन्त्यको तयारी गरिएको कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले जानकारी दिए । सरकारले असोज २७ गते संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेशले संघीय संसद्को दुवै सदनलाई सम्बोधन गर्ने कार्यक्रम बनाएको छ ।

महासचिवको सम्बोधनसँगै वर्षे अधिवेशन अन्त्यको तयारी गरिएको हो । त्यसअघि असोज २५ गतेका लागि प्रतिनिधि सभाको बैठक बोलाइएको छ । यस्तै राष्ट्रियसभा तर्फ चौधौँ अधिवेशन अन्तर्गत असोज २६ गते शुक्रबार बैठक बोलाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप