न्याय सेवा आयोगद्वारा ७ सहसचिव र ४५ उपसचिवका लागि दरखास्त आह्वान
बुधबार, २४ असोज २०८०, ०९ : ५०
काठमाडौँ । न्याय सेवा आयोगले सहसचिव र उपसचिवका लागि दरखास्त आह्वान गरेको छ । आयोगले बुधवार सूचना प्रकाशित गर्दै नेपाल न्याय सेवाको रिक्त सात सहसचिव र ४५ जना उपसचिवका लागि दरखास्त आह्वान गरेको हो ।
ज्येष्ठता र कार्य सम्पादन मूल्याङ्कन तथा कार्यक्षमताको मूल्याङ्कनको आधारमा बढुवाद्वारा पूर्ति गर्नुपर्ने भन्दै २०८० आषाढ मसान्तसम्म निजामती सेवा ऐन र नियमावलीबमोजिम योग्यता पुगेका सम्भाव्य उम्मेदवारहरूले दरखास्त दिन सक्ने आयोगले जनाएको छ ।
सूचना प्रकाशित भएको ३५ दिन भित्र सहसचिवका लागि एक हजार पाँच सय र उपसचिवका लागि एक हजार दुई सय को रसिद संलग्न गरी आयोगमा दरखास्त बुझाउन भनिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ जिल्लाका साना नदीमा बाढीको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह
-
सोमबार कुन सहरमा कति छ वर्षाको सम्भावना ?
-
विदेशी बिरामी मार्फत् एक अर्ब ५० करोडभन्दा बढी विदेशी मुद्रा भित्र्याउँदै नेपाल नेत्रज्योति सङ्घ
-
लालबकैया बाँधको उच्चस्तरीय अनुगमन, बाढी जोखिम न्यूनीकरणमा सतर्कता अपनाइने
-
बीपी स्मृति दिवसमा कांग्रेसले आयोजना गर्ने ‘ग्रिन रन’ मा सहभागी हुन सभापति थापाको आह्वान
-
बाढीले क्षतिग्रस्त विद्युतीय गाडी टिमुरे भन्सारमै बेवारिसे (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण