‘एनिमल’को गीत ‘हुआ मै’मा रणवीर र रश्मिकाको लिपलक किस
मुम्बई । अभिनेता रणवीर कपुर र अभिनेत्री रश्मिका मन्दना अभिनित फिल्म ‘एनिमल’ को पहिलो गीत ‘हुआ मै’ रिलिज भएको छ । गीतमा रणवीर र रश्मिकाको लिपलक किस छ । जसले अहिले चर्चा बटुलिरहेको छ ।
गीतमा रहेको रणवीर र रश्मिकाको केमेस्ट्रीले समेत दर्शकको मन जितिरहेको छ । केही अगाडि रणवीरको जन्मदिनको अवसर पारेर फिल्मको टिजर सार्वजनिक गरिएको थियो । टिजरमा रणवीर कपूरको एक्सन दृश्य समेटिएको थियो ।
सन्दीप रेड्डी वांगाले निर्देशन गरेको फिल्ममा रणवीरसँगै रश्मिका मन्दना, बबी देओल, अनिल कपूरको मुख्य भूमिका छ । फिल्ममा रश्मिका रणवीरकी श्रीमतीको भूमिकामा देखिनेछिन् भने अनिल कपूर उनको बुवाको भूमिकामा रहेका छन् । फिल्मको कथा निर्देशक सन्दीपले नै लेखेका हुन् ।
फिल्ममा भुषणकुमार, प्रणय रेड्डी वांगा, मुरद खेतानी र कृष्ण कुमारको लगानी छ । फिल्म हिन्दी, तमिल, तेलुगु, मलयालम र कन्नड भाषामा १ डिसेम्बरबाट प्रदर्शनमा आउनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण