दयाहाङ र मिरुनाको ‘लोकल हिरो’ घोषणा
काठमाडौँ । पछिल्लो समयका चर्चित तथा सफल फिल्म जोडी हुन् अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर । यो जोडीको लगातार तीन फिल्म हिट भएको छ । त्यसैले पनि यो जोडीलाई लिएर फिल्म निर्माण गर्नेको ताँती छ अहिले ।
यस्तैमा दयाहाङ र मिरुनालाई जोडीको रूपमा लिएर फिल्म ‘लोकल हिरो’ निर्माण हुने भएको छ । निर्माता सरोज न्यौपानेले दयाहाङ र मिरुनालाई मुख्य भूमिकामा अनुबन्धित गर्दै फिल्म निर्माण घोषणा गरेका हुन् । फिल्मको नाम चलचित्र विकास बोर्डमा दर्ता समेत भैसकेको छ ।
रोमान्टिक, कमेडी तथा सामाजिक कथामा बन्ने यो फिल्म विश्वास तिमल्सिना र राज ऋषिले मिलेर निर्देशन गर्दैछन् । यी दुईले बलिउडका केही ठूला फिल्ममा काम गरेको बताइन्छ ।
तिहारलगतै छायाङ्कन सुरु फिल्म काठमाडौँ, काभ्रेपलान्चोक र झापामा छायाङ्कन हुनेछ । फिल्मलाई आगामी फागुनको २५ गतेबाट रिलिज गर्ने योजना निर्माण युनिटको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण