श्रेष्ठले सम्हाले एकीकृत समाजवादीको कार्यालय सचिवको जिम्मेवारी
बुधबार, २४ असोज २०८०, १४ : ५७

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सचिव जीवनराम श्रेष्ठले केन्द्रीय कार्यालय सचिवको जिम्मेवारी सम्हालेका छन् ।
पछिल्लो केन्द्रीय समिति र सचिवालय बैठकको निर्णय अनुसार पार्टीले गरेको कार्यविभाजनमा श्रेष्ठले केन्द्रीय कार्यालय सचिवको जिम्मेवारी पाएका थिए । पार्टीको कार्यविभाजन अनुसार बुधबारबाट केन्द्रीय कार्यालयको जिम्मेवारी सम्हालेको श्रेष्ठले जानकारी दिए ।
यसअघि कार्यालय सचिवको जिम्मेवारीमा उप–महासचिव गगांलाल तुलाधर रहेका थिए । अब तुलाधरले बागमती प्रदेशको इन्चार्जको भूमिका निर्वाह गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेयरले उपमेयरलाई कार्यालय प्रवेश गर्न नदिएपछि...
-
जसपा नेपालको कार्यकारिणी समिति बैठक बस्दै
-
सन्दीपको सहभागितामा यूकेमा ब्रिज कप हुँदै
-
रास्वपा सांसदहरू स्कार्फ लगाएर संसद्मा, कांग्रेसको नियमापत्ति
-
सहसचिव भट्टराईको डायरीमा भेटियो सेटिङमा पठाइएकाहरूको हिसाब
-
कर्णालीका चार जिल्लामा जन्म र मृत्युका घटनामा खाद्यान्न निःशुल्क वितरणका लागि एक करोड बजेट विनियोजन