सीपी गजुरेल भन्छन् : प्रचण्डको पार्टी माओवादी होइन

काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेता सीपी गजुरेलले प्रचण्ड नेतृत्वको माओवादी केन्द्रलाई माओवादी भन्न नमिल्ने तर्क गरेका छन् । बुधबार पार्टी कार्यालय कुपन्डोलमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले माओवादी परित्याग गरिसकेको उनले जिकिर गरे ।
‘प्रचण्डजीको पार्टीलाई माओवादी भन्न मिल्दैन । उहाँसँग अहिले हिङ बाँधेको टालो पनि छैन । माओवादी परित्याग गरिसक्नुभयो’, उनले भने, ‘माओवादी नाम नराख भन्न त मिलेन । त्यसैले प्रचण्डजीको पार्टी माओवादी पार्टी होइन ।’
त्यस्तै अलिहेको संसदीय व्यवस्थाबाट कुनै निकास ननिस्कने भन्दै उनले जनविद्रोहमार्फत अस्थायी सरकार बनाउने र त्यसले जनगणतन्त्र ल्याउने जिकिर गरे ।
‘अहिलेको दलाल पुँजीवादी व्यवस्थाबाट समस्याको समाधान निस्कदैन । हामी क्रान्तिकारीहरूबीच सहकार्य गरेर जनविद्रोह गर्छौं । जनविद्रोहमार्फत विकल्पमा अस्थायी संयुक्त सरकार बनाउँछौं’, गजुरेलले भने । जनविद्रोहबाट जनगणतन्त्रमा जाने वा अहिलेकै व्यवस्थालाई टिकाइ राख्ने भन्नेमा बहस सुरू भएको उनले बताए । क्रान्तिकारी र देशभक्त शक्तिसँग सहकार्य गरी आगामी दिनमा संघर्षका कार्यक्रम ल्याउने उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धवलपछि रवीन्द्र मिश्र पनि अदालतमा उपस्थित
-
मनसुनको प्रभाव : बाढी-पहिरोले अवरुद्ध छन् यी राजमार्ग
-
असंलग्न परराष्ट्र नीतिको सान्दर्भिकताबारे चर्चा
-
जुम्लामा ट्रयाक्टर दुर्घटनाः एक जनाको मृत्यु, चार घाइते
-
सान फ्रान्सिस्कोबाट मुम्बई आइरहेको एयर इन्डियाको उडानमा खराबी, कोलकातामा ओरालियो यात्रु
-
काठमाडौँ महानगरमा मनसुन अवधिभर सडक तथा फुटपाथ खन्न रोक