सीपी गजुरेल भन्छन् : प्रचण्डको पार्टी माओवादी होइन
काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेता सीपी गजुरेलले प्रचण्ड नेतृत्वको माओवादी केन्द्रलाई माओवादी भन्न नमिल्ने तर्क गरेका छन् । बुधबार पार्टी कार्यालय कुपन्डोलमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले माओवादी परित्याग गरिसकेको उनले जिकिर गरे ।
‘प्रचण्डजीको पार्टीलाई माओवादी भन्न मिल्दैन । उहाँसँग अहिले हिङ बाँधेको टालो पनि छैन । माओवादी परित्याग गरिसक्नुभयो’, उनले भने, ‘माओवादी नाम नराख भन्न त मिलेन । त्यसैले प्रचण्डजीको पार्टी माओवादी पार्टी होइन ।’
त्यस्तै अलिहेको संसदीय व्यवस्थाबाट कुनै निकास ननिस्कने भन्दै उनले जनविद्रोहमार्फत अस्थायी सरकार बनाउने र त्यसले जनगणतन्त्र ल्याउने जिकिर गरे ।
‘अहिलेको दलाल पुँजीवादी व्यवस्थाबाट समस्याको समाधान निस्कदैन । हामी क्रान्तिकारीहरूबीच सहकार्य गरेर जनविद्रोह गर्छौं । जनविद्रोहमार्फत विकल्पमा अस्थायी संयुक्त सरकार बनाउँछौं’, गजुरेलले भने । जनविद्रोहबाट जनगणतन्त्रमा जाने वा अहिलेकै व्यवस्थालाई टिकाइ राख्ने भन्नेमा बहस सुरू भएको उनले बताए । क्रान्तिकारी र देशभक्त शक्तिसँग सहकार्य गरी आगामी दिनमा संघर्षका कार्यक्रम ल्याउने उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण