इजिप्टका राष्ट्रपति र ओमानी सुल्तानबीच प्यालेस्टाइन–इजरायल तनावबारे छलफल
कायरो । इजिप्टका राष्ट्रपति अब्देल–फत्ताह अल–सिसी र ओमानका सुल्तान हैथम बिन तारिक अल सैदबीच प्यालेस्टाइन र इजरायलीबीच जारी तनावको घटनाक्रमबारे बुधबार छलफल भएको इजिप्टको राष्ट्रपतिको कार्यालयद्वारा जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
फोनवार्तामा दुवै नेताले क्षेत्रीय सुरक्षा र स्थिरतामा जारी तनाव र द्वन्द्वका कारण मानवीय पीडामा परेको गम्भीर असरबारे छलफल गरेका थिए ।
वक्तव्यमा भनिएको छ,'दुवै नेताले पार्टीहरूलाई शान्त हुन र हिंसा कम गर्न आग्रह गर्न एकताबद्ध प्रयासको महत्वमा सहमति जनाउनुभउको छ ।'
“यस क्षेत्रका सबै जनताका लागि सुरक्षा र स्थिरता हासिल गर्ने गरी दुई–राज्य समाधानमा आधारित प्यालेस्टिनी मुद्दाको न्यायोचित, व्यापक र स्थायी समाधानमा पुग्न प्रयासहरू अगाडि बढाउनुपर्छ,” विज्ञप्तिमा भनिएको छ ।
प्यालेस्टिनी र इजरायलको पछिल्लो आधिकारिक तथ्याङ्कअनुसार इजरायली सेनाले गरेको कारबाहीमा एक हजार ७८ जना प्यालेस्टिनीको मृत्यु भएको छ भने हमासले शनिबार द्वन्द्व सुरु भएयता एक हजार २०० भन्दा बढी इजरायलीको हत्या गरिसकेको छ ।-(रासस/एएफपी)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मौलाकालिका जलविद्युत आयोजनाको भौतिक प्रगति ३० प्रतिशत
-
नेपालमा रहेका भारतीय नागरिकलाई राहत : अब काठमाडौँबाटै सिंगापुरको भिसा आवेदन दिन सकिने
-
संयुक्त विद्यार्थी संगठनले भने– त्रिविमा संवैधानिक व्यवस्था र लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप
-
१० बजे १० समाचार : रवि–बालेनकाे चेतावनीदेखि तत्कालका लागि वाम एकतामा पूर्णविरामसम्म
-
खाएको बिल नतिरेर होटलवालाई धम्की दिने एक जना पक्राउ
-
पाइलटले तालिम लिइरहँदा विमान दुर्घटना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण