आन्तरिक प्रतिस्पर्धाबाट योग्य नेतृत्व चयन हुन्छ : गुरुङ
बुधबार, २४ असोज २०८०, २२ : २२
_bJ4u5OxT4U.jpg)
गलकोट । नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले आन्तरिक प्रतिस्पर्धाबाट योग्य नेतृत्व चयन हुने बताएका छन् । यसरी नेतृत्व चयन हुनु कम्युनिष्ट पार्टीका लागि उदारणीय भएको समेत उनले बताए । गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री गुरुङले प्रतिस्पर्धाबाट नै योग्य र सक्षम नेता जन्मिने भएकाले प्रतिस्पर्धालाई सामान्यरुपमा लिनुपर्ने बताए ।
एमाले जिल्ला कमिटी बागलुङले आज यहाँ आयोजना गरेको गण्डकी प्रदेश अधिवेशनमा निर्वाचित पदाधिकारीको सम्मान कार्यक्रममा उनले प्रतिस्पर्धाबाट नेतृत्व चयन गर्ने एमाले मात्र कम्युनिष्ट पार्टी भएको बताए ।
नेता गुरुङले भने, “यो आन्तरिक निर्वाचन हो, अब निर्वाचन सकिएपछि यसको असर पर्न हुँदैन ।” एमालेले अब झनै सशक्त भएर साङ्गठनिक गतिविधि अघि बढाउने उल्लेख गर्दै नेता गुरुङले एमाले जनता र कार्यकर्तामा आधारित पार्टी भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाँदर नियन्त्रण गर्न सामुदायिक वनमा फलफूल खेती गरिने
-
नेपाली युवाले अष्ट्रेलियामा बनाए ‘ऋ प्रो’ एप
-
१२ बजे १२ समाचार: नागार्जुनका मेयर दोषी ठहर, ग्वार्काे ओभरपास सञ्चालनमा
-
गैँडाकोटले घरेलु मदिरालाई व्यावसायीकरण गर्ने
-
आयोजक स्कटल्यान्डलाई त्रिकोणात्मक सिरिज, नेपाल पराजित
-
अख्तियारद्वारा दुई कर्मचारी पक्राउ, थप दुई कर्मचारीको मोबाइल बरामद