आन्तरिक प्रतिस्पर्धाबाट योग्य नेतृत्व चयन हुन्छ : गुरुङ
बुधबार, २४ असोज २०८०, २२ : २२
गलकोट । नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले आन्तरिक प्रतिस्पर्धाबाट योग्य नेतृत्व चयन हुने बताएका छन् । यसरी नेतृत्व चयन हुनु कम्युनिष्ट पार्टीका लागि उदारणीय भएको समेत उनले बताए । गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री गुरुङले प्रतिस्पर्धाबाट नै योग्य र सक्षम नेता जन्मिने भएकाले प्रतिस्पर्धालाई सामान्यरुपमा लिनुपर्ने बताए ।
एमाले जिल्ला कमिटी बागलुङले आज यहाँ आयोजना गरेको गण्डकी प्रदेश अधिवेशनमा निर्वाचित पदाधिकारीको सम्मान कार्यक्रममा उनले प्रतिस्पर्धाबाट नेतृत्व चयन गर्ने एमाले मात्र कम्युनिष्ट पार्टी भएको बताए ।
नेता गुरुङले भने, “यो आन्तरिक निर्वाचन हो, अब निर्वाचन सकिएपछि यसको असर पर्न हुँदैन ।” एमालेले अब झनै सशक्त भएर साङ्गठनिक गतिविधि अघि बढाउने उल्लेख गर्दै नेता गुरुङले एमाले जनता र कार्यकर्तामा आधारित पार्टी भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण