हाम्रो संस्कृति र सभ्यताले अन्तर्राष्ट्रिय क्षेत्रमा मान बढ्नेछ : प्रदेश प्रमुख शर्मा
मनहरी । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले हाम्रो संस्कृति र सभ्यताले अन्तर्राष्ट्रिय क्षेत्रमा हाम्रो मान बढ्ने बताएका छन् । आज जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा विजयदशमी तथा दीपावलीको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले हामी नेपालीका विभिन्नखाले चाडपर्व हुनु आफ्नै खालका मौलिकता हुन् ।
उनले यी मौलिकता, विशेषता अन्तर्राष्ट्रिय क्षेत्रमा जतिखेर प्रस्तुत हुन्छन् हाम्रो धार्मिक सहिष्णुता, जातीय सहिष्णुता, विविधता, संस्कृति, सांस्कृतिक विविधतालाई देखेर विदेशीले हाम्रो प्रशंसा गर्ने गरेको सुनाए । “हामीले हाम्रो संस्कृति, परम्परा, हाम्रा चाडपर्वलाई जोगाएर बचाएर तडकभडकभन्दा बाहिर निस्केर संस्कारलाई मात्रै ग्रहण गर्न सकेको खण्डमा भावी पुस्तामा हाम्रो संस्कृति र सभ्यता अन्तर्राष्ट्रिय क्षेत्रमा हाम्रो मान बढ्नेछ भन्ने विश्वास लिएको छु”, प्रमुख शर्माले भने ।
उनले तीज दसैँ, तिहार, छठ, इद ल्होसारलगायतका विभिन्न जातीय पहिचानका पर्व यसरी नै खुसीका साथ मनाउँदै आएका र मनाउनु पनि पर्ने बताए । आगामी दिनमा पनि हाम्रो संस्कृति धरोहरको झण्डालाई उँचो राख्नका लागि आग्रह गर्दै प्रमुख शर्माले यसले हामीलाई भावनात्मकरूपमा एकसूत्रमा बाँधेर नयाँ नेपालको निर्माण गर्ने सवालमा पक्कै पनि योगदान पुग्ने बताए ।
जिल्ला समन्वय समितिका प्रमुख ललितबहादुर घलानको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभाका सदस्य, प्रमुख जिल्ला अधिकारी, मकवानपुरका राजनीति दलका प्रमुख, विभिन्न सङ्घसंस्थाका प्रमुख, सुरक्षा निकायका प्रमुखको उपस्थिति थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा आधिकारिक रूपमा सुरु भयो उबरको सेवा, बाइक र कार दुवै सेवा उपलब्ध
-
स्थानीय निर्वाचन ‘गैर दलीय’ बनाउन सुझाव
-
सीमा विवादमा राजेश हमाल– ‘नागरिकले गर्ने अतिक्रमण र राज्यले गर्ने अतिक्रमण फरक हुन्’
-
चलचित्र पत्रकार संघ नेपालद्वारा राष्ट्रिय फिचर लेखन प्रतियोगिता घोषणा
-
अमेरिकी प्रतिनिधिसभाद्वारा लेबनान युद्ध अधिकारसम्बन्धी प्रस्ताव अस्वीकृत
-
वातावरण दिवसका अवसरमा पोखराका विभिन्न स्थानमा ६ हजार वृक्षारोपण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण