इजरायल तनाव
नेपालीलाई लिन गएको विमान इजरायल पुग्यो
बिहीबार, २५ असोज २०८०, १४ : ०८
काठमाडौँ । इजरायलमा रहेका नेपाली विद्यार्थीलाई लिन गएको नेपाल वायुसेवा निगमको विमान इजरायल पुगेको छ ।
काठमाडौँबाट बिहीबार बिहान ४ बजे प्रस्थान गरेको विमान दुबईलाई ‘टान्जिट’ बनाएर इजरायल गएको हो । उक्त विमान नेपाली समयअनुसार करिब २ बजे इजरायलमा अवतरण गरेको छ ।
प्यालेस्टाइनी विद्रोही समूह हमासले गत शनिबार इजरायलमा गरेको आक्रमणपछि त्यहाँ अलपत्र परेका नेपालीलाई स्वदेश ल्याउन सरकारले उक्त विमान इजरायल पठाएको हो । विमानमा परराष्ट्रमन्त्री एनपी सावद पनि छन् ।
दुई सय ५० सिट क्षमताको सो विमान आजै राति ९ बजे फर्किने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बम्पर चिठ्ठा’ निर्माण घोषणा
-
भूकम्पपछि उद्धार गरिएका सयौँ घरपालुवा जनावर आफ्ना परिवार खोज्दै
-
‘सिन्दुरे जात्रा’को छायाङ्कन पुनः सुरु
-
कलैयामा मिनी ट्रक दुर्घटना : एकको मृत्यु, चालक पक्राउ
-
सामान किन्दा बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा : १० लाखसम्म उपहार जित्ने अवसर (कार्यविधिसहित)
-
वर्षा र पहिरोका कारण मुख्य राजमार्गहरू प्रभावित, कहाँको अवस्था कस्तो छ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण