सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
इजरायल तनाव

नेपालीलाई लिन गएको विमान इजरायल पुग्यो

बिहीबार, २५ असोज २०८०, १४ : ०८
बिहीबार, २५ असोज २०८०

काठमाडौँ । इजरायलमा रहेका नेपाली विद्यार्थीलाई लिन गएको नेपाल वायुसेवा निगमको विमान इजरायल पुगेको छ ।

काठमाडौँबाट बिहीबार बिहान ४ बजे प्रस्थान गरेको विमान दुबईलाई ‘टान्जिट’ बनाएर इजरायल गएको हो । उक्त विमान नेपाली समयअनुसार करिब २ बजे इजरायलमा अवतरण गरेको छ ।

प्यालेस्टाइनी विद्रोही समूह हमासले गत शनिबार इजरायलमा गरेको आक्रमणपछि त्यहाँ अलपत्र परेका नेपालीलाई स्वदेश ल्याउन सरकारले उक्त विमान इजरायल पठाएको हो । विमानमा परराष्ट्रमन्त्री एनपी सावद पनि छन् ।

दुई सय ५० सिट क्षमताको सो विमान आजै राति ९ बजे फर्किने जनाइएको छ ।  

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप