संघीयताप्रति जनताको निराशा हटाउने गरी काम गर्नुपर्छ : मुख्यमन्त्री चौधरी
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले संघीयताप्रति जनताको निराशा हटाउने गरी सरकारले काम गर्नुपर्ने बताएका छन् ।
बिहीबार भैरहवामा भएको संघीयता कार्यान्वयनमा योजना तर्जुमा र विकास व्यवस्थापन सम्बन्धी अन्तर प्रदेश अनुभव आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले संघीयता र संविधान कार्यान्वयनको चुनौती रहेकोले त्यसको औचित्य पुष्टि गर्नुपर्ने बताए ।
तिनै तहका सरकारले पूर्ण अधिकार प्रयोग गरी जनताप्रतिको विश्वास बढाउनु पर्ने भन्दै मुख्यमन्त्री चौधरीले संघीयताप्रति बढेको निराशा कम गर्नुपर्ने बताए ।
यस्तै लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री लीला गिरीले संघीयता कार्यान्वयनका लागि सबैले नियत सफा राखेर काम गर्नुपर्ने बताए ।
मधेस प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु यादवले केन्द्रले संघीयताप्रति राख्ने दृष्टिकोण फरक रहेको बताए ।
यस्तै लुम्बिनी प्रदेशका प्रमुख सचिव राधिका अर्यालले संघीयताको मर्म सहकार्य, समन्वय र सह अस्तित्व कायम गर्नुपर्ने बताइन् । लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डा नहकुल केसीले नीति निर्माता गर्दा तथा योजना निर्माणमा साझा सवाल जोड्न र अनुभव आदानप्रदान गर्न कार्यक्रमको आयोजना गरिएको बताए । कार्यक्रममा सातै प्रदेशका योजना आयोगका उपाध्यक्ष, सदस्य लगायतको सहभागिता रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेन सरकारले १०० दिने उपलब्धि सार्वजनिक गर्दै
-
कर्णालीमा बेपत्ता गाडी र यात्रुको खोजीको लागि कुरिनटारबाट सोनार क्यामरा र म्याग्नेटसहितको टोली पठाइयो
-
गर्मीयाममा नाकबाट रगत किन बग्छ ?
-
अछाममा चट्याङ लागेर चार जना घाइते
-
कैलालीमा आफ्नै घरको सिँढीमा युवती मृत फेला
-
‘गौँथली’ ट्रेलर : एक युवतीको विवाहपछिको चुनौती र सङ्घर्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण