समाचार
इजरायलबाट २५० जना नेपाली विमान चढे
बिहीबार, २५ असोज २०८०, १५ : ५९
काठमाडौँ । इजरायलबाट नेपाल आउनका लागि २५० जना नेपाली विमान चढेका छन् । इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू विमान चढेका हुन् ।
उनीहरूलाई लिएर फर्किने विमान राति नेपाल आइपुग्नेछ । नेपाली विद्यार्थी ल्याउनको लागि परराष्ट्रमन्त्री एनपी साउद नेतृत्वको टोली गएराति इजरायल प्रस्थान गरेको थियो ।
इजरायल र गाजाबीचको युद्धका कारण इन्टर्नसीप गर्न इजरायल पुगेका नेपाली विद्यार्थीहरू स्वदेश फर्किन लागेका हुन् । स्वदेश फर्किनका लागि ३०० भन्दा बढी नेपालीले अनलाइन आवेदन दिएका छन् ।
इजरायलमा समस्यामा परेका नेपालीहरूको जहाज चार्टड गरेर नेपाल ल्याउने निर्णय सरकारले गरेको थियो । सोही आधारमा पहिलो चरणमा आज राति नेपाल आइपुग्न लागेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मौलाकालिका जलविद्युत आयोजनाको भौतिक प्रगति ३० प्रतिशत
-
नेपालमा रहेका भारतीय नागरिकलाई राहत : अब काठमाडौँबाटै सिंगापुरको भिसा आवेदन दिन सकिने
-
संयुक्त विद्यार्थी संगठनले भने– त्रिविमा संवैधानिक व्यवस्था र लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप
-
१० बजे १० समाचार : रवि–बालेनकाे चेतावनीदेखि तत्कालका लागि वाम एकतामा पूर्णविरामसम्म
-
खाएको बिल नतिरेर होटलवालाई धम्की दिने एक जना पक्राउ
-
पाइलटले तालिम लिइरहँदा विमान दुर्घटना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण