भक्तपुरमा दुर्घटना हुँदा पैदलयात्रीको मृत्यु
बिहीबार, २५ असोज २०८०, १८ : ३३
भक्तपुर । भक्तपुर नगरपालिका–१ सल्लाघारीको खानेपानी कार्यालय नजिकै सडकमा आज सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुवाकोटबाट सल्लाघारीतर्फ जाँदै गरेको बा६९प ९१० नंको स्कुटरले ठक्कर दिई दुर्घटना हुँदा पैदलयात्री भक्तपुर नगरपालिका–१ सल्लाघारी बस्ने ६८ वर्षीया भुलिमाया धुगुछुको मृत्यु भएको हो ।
प्रहरीले उक्त स्कुटर र स्कुटर चालक दोलखा तामाकोशी गाउँपालिका–४ घर भई हाल चाँगुनारायण नगरपालिका–१ दुवाकोट बस्ने ३६ वर्षीय यम खड्कालाई पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुग्ण उद्योग पुनरुत्थानको बाटोमा सरकार, सांसद भन्छन्ः औपचारिकता होइन, रोजगारी सिर्जना होस्
-
स्टार्टअप प्रवर्द्धन गर्न सरकारले ल्यायो 'स्टार्टअप फास्ट ट्र्याक कार्ययोजना'
-
संक्रमणकालीन न्याय टुङ्ग्याउन आयोग गठनको प्रक्रिया अघि बढ्यो : कानुनमन्त्री
-
बालेन संसद्मा आएनन्, स्वर्णिमलाई दिए जवाफको जिम्मा
-
चुनाव हारेका उम्मेदवारहरूलाई साक्षी राखेर केन्द्रीय समिति बैठक गर्दै राजेन्द्र लिङ्देन
-
अब प्रहरीलाई पोसाक खरिद गर्न नगद नै दिइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण