पर्सामा आमाको नामबाट नागरिकताका वितरण प्रक्रिया सुरु
पर्सा । जिल्ला प्रशासन कार्यालय पर्साले बाबुको पहिचान नखुलेका सन्तानको हकमा आमाको नामबाट नागरिकताका वितरणको लागि प्रक्रिया सुरु गरेको छ ।
कार्यालयले बाबुको पहिचान नखुलेका सन्तानहरूलाई नागरिकता प्रदान गर्न असोज २१ गतेदेखि निवेदन सङ्कलन सुरु गरेको छ, जसमा हालसम्म ४० जनाले निवेदन दिएका छन् । आमाको नागरिकतामा पतिको नाम नभएको, सन्तानको शैक्षिक योग्यता, जन्म दर्ता लगायत कुनै पनि कागजपत्रमा बाबुको नाम नखुलेको सन्तानहरूको हकमा आमाको नामबाट नागरिकता वितरण प्रक्रिया सुरु गरेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले नयाँ नागरिकता ऐन आएपछि जारी भएको नयाँ नागरिकता नियमावली अनुसार असोज २१ गतेदेखि निवेदन सङ्कलन सुरु गरेको बताएका छन् । ‘बाबुको पहिचान नभएको, अथवा बाबुको पत्ता नलागेको आमा मात्रै भएको सन्तानहरूको हकमा आमाको नागरिकता, वडा कार्यालयको सिफारिस, शैक्षिक योग्यता लगायत करिब १५ देखि १६ प्रकारका कागजातको आधारमा हामीले सूचना प्रकाशन गरेका छौ’ पर्साका प्रजिअ रेग्मीले भने ‘सो सूचनाका आधारमा आमाको नामबाट नागरिकता माग गर्दै हामीकहाँ यो हप्तासम्म ४० भन्दा बढी निवेदन परेका छन्’ ।
आमाको नामबाट नागरिकको माग गर्दै आएका निवेदनहरूलाई छानबिन गरेर कानुनत योग्य नागरिकहरूलाई एकमुष्ट नागरिकता प्रदान गरिने रेग्मीले जनाएका छन् ।
आमाको नामबाट नागरिकता लागि पर्सा जिल्लाको हकमा करिब १ हजार ५ सयदेखि २ हजारसम्म निवेदन आउने प्रशासनले जनाएको छ।
‘बाबु पत्ता नलागेको भनेको अलि त्यस्तै केस हुन्छ, यो भनेको विशुद्ध नेपाली नागरिकको सन्तानको हकमा मात्रै लागु हुने हो, पिता भारतीय छ अथवा भारतबाट नागरिकता लिएको छ भने आमाको नामबाट मात्रै नागरिकता दिन मिल्दैन’ प्रजिअ रेग्मीले भने ‘बाबु पत्ता नलागेको भनेको आमाले नै बाबुको ठेगाना कहाँ हो नेपाली हो कि विदेशी हो भन्ने नै थाहा नभएको भन्ने बुझिन्छ’
आमाको नामबाट बाहेक पनि २०६३ सालमा टोलीबाट नागरिकताका पाएकाहरूको सन्तानहरूको हकमा पनि हालसम्म करिब ६ हजारले हालसम्म नागरिकता पाएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण