दर्जन बढी कलाकर्मीलाई मिलाप स्रष्टा सम्मान
काठमाडौँ । दर्जन बढी कलाकर्मी ‘मिलाप स्रष्टा सम्मान २०८०’बाट सम्मानित भएका छन् । मासिक पत्रिका मिलापले दशैँको अवसर पारेर आयोजना गरेको शुभकामना आदान–प्रदान एवं स्रष्टा सम्मान समारोहमा कलाकर्मीलाई प्रथम उपराष्ट्रपति परमानन्द झाले सम्मान प्रदान गरे ।
कार्यक्रममा कीर्तिमानी गीतकार डा.डीआर उपाध्यायलाई ‘टीका गोपाल गीत संगीत विशेष सम्मान–२०८०’ प्रदान गरियो । यो पुरस्कार नेपाली गीत संगीत क्षेत्रको प्रवद्र्धन र स्रष्टालाई प्रोत्साहन एवं सम्मान गर्ने उद्देश्यले गायक तथा संगीतकार कन्हैया सिंहले आफ्ना माता पिताको नाममा स्थापित गरेका हुन् ।
त्यस्तै सो अवसरमा वरिष्ठ साहित्यकार खेमनाथ दाहाल, वरिष्ठ गीतकार अमर वान्तु र अम्बिका गुरुङलाई ‘मिलाप राष्ट्रिय विशेष व्यक्तित्व सम्मान’ अर्पण गरियो । कार्यक्रममा पहिलो महिला निर्देशक सुचित्रा श्रेष्ठ, निर्मात÷निर्देशक रोशनी केसी, गीतकार कवि प्रकाश सुवेदी, निर्देशक कलाकार शेखर खनाल, भिडियो सम्पादक निर्देशक निशानबाबु घिमिरे, अन्तर्राष्ट्रिय मोडल दीपक घिमिरे, गीतकार प्रदीप पाण्डे, साहित्यकार जनक रावल, गीतकार समीर राई, साहित्यकार रमेश दाहाल, गायक चित्रकार सुरेन्द्र महर्जन, व्यवसायी प्रमोदप्रसाद चौधरी, साहित्यकार समाजसेवी शैलेन्द्र चापागाईं, गीतकार गणेश घिमिरे, टाटु आर्टिष्ट सुमिना श्रेष्ठ र चाँदनी कुँवरलाई विशेष सम्मान दिइयो ।
उक्त अवसरमा पत्रकार सूर्य चन्द, अक्कल कुँवर, लेखनाथ पोखरेल, सुमित रजक र रमेश बोहोराले मिलाप पत्रकारिता सम्मान प्राप्त गरे । मिलापका प्रकाशक÷सम्पादक कृष्ण भुसालको सभपतित्वमा आयोजित कार्यक्रममा कलाकार लय संग्रौला, साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, वरिष्ठ संगीतकार राजु सिंह, वरिष्ठ गायक सीताराम पोखरेल, कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठ, गायक शिशिर योगी लगायतकाको उपस्थिति थियो ।
मिलापकी कार्यकारी सम्पादक गीत अधिकारीको कार्यक्रम संयोजक रहेको कार्यक्रममा दीपा तामाङ र प्रनिता खड्काले नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा वर्षभरी मिलापको कभरमा आएका स्रष्टालाई कभर सम्मान अर्पण गरिएको थियो । जसमा गायक कन्हैया सिंह, साहित्यकार लेखनाथ पोखरेल, नायक गजित विष्ट, गायिका काव्य आचार्य, गायक प्रदीप पाठक, गायक माधव भण्डारी, गीतकार हरि उप्रेती, साहित्यकार वसन्त श्रेष्ठ, अन्तर्राष्ट्रिय मोडल दीपक घिमिरे, संगीतकार दीपक शर्मा, कोरियोग्राफर जोगेन्द्र केसी, सम्राट दाहाल, रेशमकुमार विश्वकर्मा, शैलाप वाइबा, कीर्तिमान तामाङलगायतले मिलाप कभर सम्मान प्राप्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण