सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

अपांगता भएका व्यक्तिहरुको अधिकार कार्यान्वयन गर्नुपर्नेमा सांसदहरुको जोड

शुक्रबार, २६ असोज २०८०, १४ : ४०
शुक्रबार, २६ असोज २०८०

काठमाडौँ । राष्ट्रिय सभाका सांसदहरुले अपांगता भएका व्यक्तिहरुको अधिकार कार्यान्वयन गराउन सरकारको ध्यानाकर्षण गराएका छन् । 

राष्ट्रिय सभाको शुक्रबारको बैठकमा अपांगता भएका व्यक्तिको अधिकार कार्यान्वयन सम्बन्धी संकल्प पस्तावमाथि छलफल गर्दै सांसदहरुले अपांगता भएका व्यक्तिहरुको अधिकार कार्यान्वयन गराउन सरकारको ध्यानाकर्षण गराएका हुन् । उनीहरुले अपांगता भएका व्यक्तिहरुले संविधानप्रदत्त अधिकार समेत नपाएको भन्दै उनीहरुले पाउनुपर्ने सबै अधिकारहरुको सुनिश्चित गर्न माग गरेका छन् । 

बैठकमा बोल्दै सांसद शारदादेवी भट्टले अपांगता भएका व्यक्तिहरुलाई छुट्टै बजेट छुट्टयाउनुपर्ने बताइन् । उनले उनीहरुले पाएका सेवा, सुविधाहरुको कटौती गर्नु नहुने बताइन् ।

सांसद सिंगबहादुर विश्वकर्माले अपांगता भएका व्यक्तिहरुको लालनपालन पोषणको ग्यारेन्टी राज्यले गर्नुपर्ने बताए  । उनले उनीहरुलाई अधिकार सम्पन्न बनाउन राज्य दिनप्रतिदिन चुक्दै गइरहेकाले राज्यप्रति निराश भइरहेका बताए ।

सांसद तुलप्रसाद विश्वकर्माले अपांगता भएका व्यक्तिहरुको हक, हितका लागि बनेका कानूनहरु कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराए ।

सांसद भगवती न्यौपानेले अपांगता भएका व्यक्तिहरुलाई सिपमुलक तालिम र व्यवसायिक तालिमहरु दिनुपर्ने बताइन् । उनले उनीहरुलाई सिप सिकाएर आय, आर्जन गर्नसक्ने बनाउनुपर्ने बताइन् ।

सांसद खिमलाल देवकोटाले संघीयताको सवलिकरण भएमा मात्र अपांगता भएका लगायतका समाजका सबै वर्ग र समुदायको अधिकार सुनिश्चित हुने भएकाले संघीयताको सवलिकरण गर्नुपर्ने बताए ।

सांसद रमेशजंग रायमाझीले सरकारले कानुन र सन्धि, सम्झौताहरुलाई कार्यान्वयन गर्नुपर्ने बताए । सरकारले कानुन कार्यान्वयनको अवस्था कस्तो छ भनि हेर्नुपर्ने पनि उनले बताए ।

सांसद वामदेव गौतमले अपांगता भएका व्यक्तिहरुको अधिकार कार्यान्वयन गर्न सरकारले कानुन, नियमावलीमा संशोधन गरेर सबै विषय समावेश गर्नुपर्ने बताए । उनले आवश्यक परेमा संविधान संशोधन गर्न पनि तयार हुनुपर्ने बताए ।

सांसद विमला राई पौड्यालले सबै खालका संरचनाहरु अपांगतामैत्री बनाउनुपर्ने बताइन् । अपांगता भएका व्यक्तिहरु घरमा बस्ने वातावरण नभए ‘केयर होम’ पनि आवश्यक भएको उनले बताइन् । त्यसैगरी अपांगता भएका व्यक्तिहरुलाई नीति निर्माण र निर्णय प्रक्रियामा सहभागी गराउनुपर्ने बताइन्  ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप