ओलीको आक्रोश : महासचिवलाई नमानेर बालाई मान्ने त ?
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनवादी केन्द्रीयताबाहेक संसारमा अरू सङ्गठनात्मक सिद्धान्त नभएको बताएका छन् । शुक्रवार एमाले स्कुल विभागले आयोजना कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले जनवादी केन्द्रीयता आवश्यक रहेको भन्दै जनवादी केन्द्रीयताविना पार्टी चल्न नसक्ने बताए ।
‘अहिले हाम्रो पार्टीमा बुझ्नुपर्ने कुरा अनुशासन चाहिन्छ भन्ने हो’, अराजकतालाई अस्वीकार गर्न कार्यकर्तालाई निर्देशन दिँदै ओलीले भने, ‘नीति, विधि र सङ्गठनमा बाँधिएको मान्छे पार्टीको हो । नबाँधिएको पार्टीको हुँदैन ।’ उनले जनवादी केन्द्रीयतामा आदेश मात्र नभएर विचार विमर्श र छलफल हुने बताए । ओलीले एमालेभित्रै कतिपयले महासचिव मान्दिन भनेको सुनेको भन्दै महासचिव वा उपमहासचिव नमाने कसलाई मान्ने भनेर आक्रोश पोखे ।
‘अहिले सजिलो भएको छ । म महासचिव, उपमहासचिव मान्दिनँ के भन्या त्यो ? कसलाई मान्छ त बालाई मान्छ घरमा गएर ? यो अनुशासनहीन र अराजकता हो । पार्टीलाई पार्टीका रूपमा चलाउन अनुशासन र जनवादी केन्द्रीयता चाहिन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्जेन्टिनासँगको हारपछि निराश केनले के भने ?
-
के मेस्सीले सकिदिएकै हुन् त ‘सर्वकालीन महान’को बहस ?
-
५ निकायलाई खाली राखेर ५ सचिवलाई राखियो जगेडामा
-
बहुदलीय जनवादको अगेनोमा रोटी सेक्ने र दाउरा बोक्नेबिचको द्वन्द्व
-
फरक-फरक स्थानमा तीन जना मृत अवस्थामा फेला, प्रहरीद्वारा अनुसन्धान सुरु
-
रास्वपामा वरीयता : निवर्तमान महामन्त्री बुर्लाकोटी १३औँ स्थानमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण