बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

ओलीको आक्रोश : महासचिवलाई नमानेर बालाई मान्ने त ?

शुक्रबार, २६ असोज २०८०, १७ : ५८
शुक्रबार, २६ असोज २०८०

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनवादी केन्द्रीयताबाहेक संसारमा अरू सङ्गठनात्मक सिद्धान्त नभएको बताएका छन् ।  शुक्रवार एमाले स्कुल विभागले आयोजना कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले जनवादी केन्द्रीयता आवश्यक रहेको भन्दै जनवादी केन्द्रीयताविना पार्टी चल्न नसक्ने बताए । 

‘अहिले हाम्रो पार्टीमा बुझ्नुपर्ने कुरा अनुशासन चाहिन्छ भन्ने हो’, अराजकतालाई अस्वीकार गर्न कार्यकर्तालाई निर्देशन दिँदै ओलीले भने, ‘नीति, विधि र सङ्गठनमा बाँधिएको मान्छे पार्टीको हो । नबाँधिएको पार्टीको हुँदैन ।’ उनले जनवादी केन्द्रीयतामा आदेश मात्र नभएर विचार विमर्श र छलफल हुने बताए । ओलीले एमालेभित्रै कतिपयले महासचिव मान्दिन भनेको सुनेको भन्दै महासचिव वा उपमहासचिव नमाने कसलाई मान्ने भनेर आक्रोश पोखे । 

‘अहिले सजिलो भएको छ । म महासचिव, उपमहासचिव मान्दिनँ के भन्या त्यो ? कसलाई मान्छ त बालाई मान्छ घरमा गएर ? यो अनुशासनहीन र अराजकता हो । पार्टीलाई पार्टीका रूपमा चलाउन अनुशासन र जनवादी केन्द्रीयता चाहिन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप