सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

स्वास्थ्यका कर्मचारीको काज फिर्ता गर्दा नेताहरु रिसाए : मन्त्री बस्नेत

शुक्रबार, २६ असोज २०८०, १८ : ५५
शुक्रबार, २६ असोज २०८०

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्यका कर्मचारीहरुको काज फिर्ता गराउँदा केही राजनीतिक दलका नेताहरु आफूसँग रिसाएको बताएका छन् ।

काठमाडौँमा शुक्रवार आयोजित कार्यक्रममा स्वास्थ्यमन्त्री बस्नेतले केहि कर्मचारी मेडिकल बोर्डको सिफारिसमा १६ वर्षसम्म बिरामी भएको भेटिएको भन्दै माथिल्लो पहुँचकै आधारमा काजमा बसेकाहरुको काज फिर्ता गराउन सफल भएको बताएका हुन् । उनले आफूसँग रिसाएका नेताहरु दुर्गम ठाउँमा स्वास्थ्यकर्मी पुगेपछि खुसी भएको बताए । 

मन्त्री बस्नेतले देशभरि स्वास्थ्यका भवनहरु शिलान्यास भएपनि एउटा पनि उद्घाटन नभएको बताए । स्वास्थ्यका भवन बनेको ठाउँमा उपकरण र दक्ष जनशक्ति नै नभएको उनको भनाई छ । 

मन्त्री बस्नेतले स्वास्थ्यमा कर्मचारीको निकै अभाव भएको भन्दै स्थायी दरबन्दी अगाडि बढाउने सिलसिलामा तत्काललाई करारमा भएपनि लिएर प्रक्रिया अघि बढाउने उनको भनाई छ ।

स्वास्थ्य मन्त्रालय लामो समयदेखि क्रोनिकका रुपमा रहेको मन्त्रालय रहेको भन्दै उनले यसलाई चिरफार गरेर मात्रै नहुने भन्दै ठूलै अप्रेसन गर्नुपर्ने बताए ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप