स्वास्थ्यका कर्मचारीको काज फिर्ता गर्दा नेताहरु रिसाए : मन्त्री बस्नेत
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्यका कर्मचारीहरुको काज फिर्ता गराउँदा केही राजनीतिक दलका नेताहरु आफूसँग रिसाएको बताएका छन् ।
काठमाडौँमा शुक्रवार आयोजित कार्यक्रममा स्वास्थ्यमन्त्री बस्नेतले केहि कर्मचारी मेडिकल बोर्डको सिफारिसमा १६ वर्षसम्म बिरामी भएको भेटिएको भन्दै माथिल्लो पहुँचकै आधारमा काजमा बसेकाहरुको काज फिर्ता गराउन सफल भएको बताएका हुन् । उनले आफूसँग रिसाएका नेताहरु दुर्गम ठाउँमा स्वास्थ्यकर्मी पुगेपछि खुसी भएको बताए ।
मन्त्री बस्नेतले देशभरि स्वास्थ्यका भवनहरु शिलान्यास भएपनि एउटा पनि उद्घाटन नभएको बताए । स्वास्थ्यका भवन बनेको ठाउँमा उपकरण र दक्ष जनशक्ति नै नभएको उनको भनाई छ ।
मन्त्री बस्नेतले स्वास्थ्यमा कर्मचारीको निकै अभाव भएको भन्दै स्थायी दरबन्दी अगाडि बढाउने सिलसिलामा तत्काललाई करारमा भएपनि लिएर प्रक्रिया अघि बढाउने उनको भनाई छ ।
स्वास्थ्य मन्त्रालय लामो समयदेखि क्रोनिकका रुपमा रहेको मन्त्रालय रहेको भन्दै उनले यसलाई चिरफार गरेर मात्रै नहुने भन्दै ठूलै अप्रेसन गर्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण