आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

एनएमबि बैंकको पुतलीसडक शाखामा इपेमेन्ट हबको उद्घाटन

शुक्रबार, २६ असोज २०८०, २२ : ५९
शुक्रबार, २६ असोज २०८०

काठमाडौँ । एनएमबि बैंकको पुतलीसडक शाखामा एनएमबि इपेमेन्ट हबको उद्घाटन गरिएकोे छ । यस हबको प्रयोग गरी ग्राहकहरुले भिसा शुल्क भुक्तानी, विदेश स्थित शिक्षण संथामा विद्यार्थी भर्ना आवेदन शुल्क, लगायतका विविध अनलाइन भुक्तानी सेवा लिन सक्नेछन । 

एनएमबि इपेमेन्ट हब स्वीकृत विद्युतीय भुक्तानी उपकरणहरू प्रयोग गरी ग्राहकहरूका लागि सहज र झन्झट मुक्त भुक्तानी सेवा अनुभव सुनिश्चित गर्दै, उत्कृष्ट ग्राहक सेवा प्रदान गर्न प्रतिबद्ध रहेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप