सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

इजरायलमा असुरक्षित महसुस गरेका नेपालीलाई नेपाली राजदूतावासले दियो यस्तो सुझाव

शनिबार, २७ असोज २०८०, १२ : ४५
शनिबार, २७ असोज २०८०

काठमाडौँ । इजरायलमा असुरक्षित महसुस गरिरहेका नेपाली नागरिकलाई तेल अविव स्थित नेपाली राजदूतावासले ६ स्थिति सामान्य नबन्दासम्म घर बाहिर ननिस्कन आग्रह गरेको छ । 

आज ६ बुँदे सुझाव सार्वजनिक गर्दै दूतावासले आफू रहेको क्षेत्र असुरक्षित बन्दै गएको अवस्थामा रोजगारदातासँग सल्लाह गरी त्यहाँबाट बढी सुरक्षित स्थानतर्फ सर्न सुझाव दिएको छ । 

यस्तो त नेपाली राजदूतावासको ६ बुँदे सुझाव :

१.    स्थिति सामान्य नबन्दासम्म घर बाहिर ननिस्कन र सुरक्षित स्थानमा रहन विशेष अनुरोध गरिन्छ।

२.    पछिल्लो समय गाजा आसपास सहित इजरायलको दक्षिणी तथा उत्तरी सीमा क्षेत्रमा जोखिम थप बढेको र इजरायल सरकारद्वारा ती क्षेत्रमा रहेकाहरूलाई सुरक्षित क्षेत्रतर्फ जान सुझाइएकोले  यदि तपाइँ रहेको क्षेत्रमा समेत असुरक्षा बढ्दै गएको स्थिति छ भने आफ्नो रोजगारदातासँग सल्लाह गरी त्यहाँबाट बढी सुरक्षित स्थानतर्फ सर्नुहोला।

३.    स्वदेश फर्कन चाहनेहरुले राजदूतावासबाट सुरु गरिएको अनलाइन रजिष्ट्रेशन फर्म अनिवार्य रुपमा भर्नुहोला। निश्चित रोजगारदाता नभएका नेपाली नागरिकहरुले पनि उल्लेखित अनलाइन फर्म भर्नुहोला।

५.    सुरक्षित आश्रय स्थल नभएकाहरूले दूतावासमा जानकारी गराउनुहोला।

६.    नेपाल सरकारका साथै इजरायल सरकार र विभिन्न आधिकारिक निकायका सूचना एवं स्थानीय सुरक्षा प्रोटोकलहरूको पालना गर्दै दूतावासको सम्पर्कमा रहन 

अहिले दूतावासमा कामको चाप अत्यन्तै धेरै रहेको तथा एकैपटक कैयौं फोन तथा मेसेजहरु आइरहने भएकोले पहिलो प्रयासमै फोन सम्पर्क नहुन सक्दछ त्यसका लागि क्षमा प्रार्थी छौं। यसरी दूतावासमा सीधा सम्पर्क स्थापित हुन नसकेको अवस्थामा अन्य मित्र तथा विभिन्न संघ संस्था समेतको सहयोग लिनुहोला।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप