महिलालाई धेरैभन्दा धेरै अवसर दिनुपर्छ : शशांक कोइराला
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले महिलाहरुको सम्मान गरेमात्रै नेपाली कांग्रेसको भलो हुने बताएका छन् । शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले महिलालाई धेरैभन्दा धेरै अवसर दिनुपर्ने आवश्यकता रहेको बताए । उनले प्रतिशतको कुरा गरेर महिलाको अपमान गर्न नहुने बताए । उनले आफ्नो सम्मान महिलाप्रति बढी भएको बताए ।
‘महिलालाई हामीले अवसर दिनुपर्छ । महिलालाई हमीले प्राथमिकता दिनैपर्छ । प्रतिशतको कुरा हुँदैन । प्रतिशतको कुरा गरेर उनीहरुको अपमान गर्नुहुँदैन’ कोइरालाले भने, ‘उनीहरुलाई प्रतिशत होइन, अवसर दिनुपर्छ । सबै महिला एकसय एक छन् ।’
कोइरालाले आफ्नो जन्मदिनको स्मरण गर्दै भने, ‘बिपी कोइरालाका तीनजना छोरा भइसकेका थिए । म पेटमै थिएँ । एक जनाको मृत्यु भएको थियो । यसपटक छोरी नै पाउँछ भनेर लाग्नुभयो । जन्मिएँ म’ उनले भने, ‘तीन वर्षसम्म आइमाइकै लुगा लगाएर बसेँ । त्यसैले होला महिलाप्रति मेरो सम्मान बढी छ । महिलाहरुको सम्मान गरेमात्रै नेपाली कांग्रेसको भलो हुन्छ । जसरी भएपनि हामीले महिलालाई अघि बढाउनै पर्छ ।’
नेता कोइरालाले सत्ता महिलाको हातमा पुगे देश परिवर्तन गरिदिने दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरअगाडिबाटै हरायो ट्रक
-
पछिल्लो २४ घण्टामा रुपन्देहीको सैनामैनामा सबैभन्दा बढी वर्षा
-
आशिका तामाङको नाममा काटिएको १ करोड ३५ लाखको चेक बाउन्सले खैलाबैला
-
पशुपतिनाथ लगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो
-
मदन पुरस्कारका लागि १० कृतिको सूची सार्वजनिक
-
विश्वकप फुटबलकाे फाइनल खेल चलिरहेका बेला किन गयो बत्ती ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण