जीओ अटोमोवाइल्सले ल्यायो नयाँ फोर्ड मस्ताङ्ग
काठमाडौं–नेपालका लागि फोर्ड गाडीका आधिकारीक विक्रेता जि.ओ अटोमोवाइल्सले विश्व विख्यात फोर्ड मस्ताङ्गको अनावरण गरेको छ ।
गत वर्ष नाडा अटो शोमा फोर्ड मस्ताङ्ग प्रदर्शन गर्दा गाडीका पारखीहरुद्धारा उत्साहजनक प्रतिक्रिया प्राप्त गरेपछि कम्पनीले उक्त गाडी नेपाल भित्र्याएको हो । फोर्ड मुस्ताङ्ग विश्वमा नै आफ्नो स्टाइल , कार्यकौशलता , शक्तिशाली ईन्जिनको लागि प्रख्यात छ ।
यो मोडललाई अमेरिकन आईकनको रुपमा लिइन्छ । जेम्स वण्डको फिल्म देखि धेरै हलिउड फिल्महरुमा यो मोडलको व्यापक प्रयोग गरेको देखिन्छ ।
फोर्ड मस्ताङ्गमा ५.० लिटर , भी८ ईन्जिन जडान गरिएको कम्पनीको भनाई छ, जसले ४५० पीएस पावरको शक्ति प्रदान गर्दछ ।
एप्पल कारप्ले र एण्ड्रोइड अटोसँग कम्पाइटिवल हुने सिस्टम राखेको नयाँ फोर्ड मस्ताङ्गमा फोर्ड एसवाईएनसी ३ कम्युनिकेशन मार्फत भ्वाइस कमान्डद्धारा विभिन्न कन्ट्रोलहरु चलाउन सकिने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : सुनसरीमा सद्भावका लागि अपिल, अस्पतालमा पनि आन्दोलन
-
सुनसरीका यी क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू (सूचनासहित)
-
कर्णालीमा मुख्यमन्त्री नियुक्त, अन्यमा कसरी हुँदै छ एमाले र नेकपाबिच ‘पावर सेयरिङ’ ?
-
रवि लामिछानेले बोलाए सर्वदलीय बैठक
-
सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक
-
पुलमुनि बेवारिसे शव फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण