सवारी दुर्घटनामा तीन जनाको मृत्यु
काठमाडौँ । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ ।
सल्यानको शारदा नगरपालिका-४ लामाडाँडा बस्ने देब बहादुर चन्दको रा.१ त २८६२ नम्बरको ट्याक्टरले किचेर उनकै ६ वर्षीय छोरा दिप चन्दको शुक्रबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । घर अगाडि रोकि राखेको उक्त ट्याक्टरमा खेलिरहेको अवस्थामा ट्याक्टर अचानक गुड्न गई टायरमा परेर उनको मृत्यु भएको हो ।
उता धनुषाको बटेश्वर गाउँपालिका-२ स्थित सडकमा ज.१ त ८६७१ नम्बरको ट्याक्टर अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा सवार महोत्तरी भङ्गाहा नगरपालिका-३ सीतापुर बस्ने ३५ वर्षीय पहाडी सदाको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा गम्भीर घाइते भएका १ जनालाई उपचारको लागि न्यूरो अस्पताल जनकपुर पठाइएको छ । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
यसैगरी संखुवासभाको पाँचखपन नगरपालिका-४ टिमुरे भन्ज्याङमा को.२ त ४३२० नम्बरको ट्याक्टर अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना हुँदा सहचालक सोही ठाउँ बस्ने २० वर्षीय सविन तामाङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र वानामा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ । सबै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुग्ण उद्योग पुनरुत्थानको बाटोमा सरकार, सांसद भन्छन्ः औपचारिकता होइन, रोजगारी सिर्जना होस्
-
स्टार्टअप प्रवर्द्धन गर्न सरकारले ल्यायो 'स्टार्टअप फास्ट ट्र्याक कार्ययोजना'
-
संक्रमणकालीन न्याय टुङ्ग्याउन आयोग गठनको प्रक्रिया अघि बढ्यो : कानुनमन्त्री
-
बालेन संसद्मा आएनन्, स्वर्णिमलाई दिए जवाफको जिम्मा
-
चुनाव हारेका उम्मेदवारहरूलाई साक्षी राखेर केन्द्रीय समिति बैठक गर्दै राजेन्द्र लिङ्देन
-
अब प्रहरीलाई पोसाक खरिद गर्न नगद नै दिइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण