आइतबारदेखि फिल्म ‘कौसिद’ जनकपुरधाममा पनि प्रदर्शन हुने
जनकपुरधाम । फिल्म ‘कौसिद’ प्रदर्शनमा आएको छ । परिवारिक र सामाजिक भोगाइलाई फिल्ममार्फत गम्भिर रुपमा चित्रण गरिएको कुमार भास्कर निर्देशित सो फिल्म शुक्रबारबाट प्रदर्शनमा आएको हो ।
यो फिल्म अहिले नेपालभरका विभिन्न सिनेमा हलहरुमा चलिरहेको छ । राजधानीको विभिन्न हलहरुमा फिल्म शुक्रबारबाटै प्रदशर्नमा आएपनि जनकपुरधाममा भने आइतबारदेखि चल्ने भएको छ । सो फिल्म जनकपुरधामस्थित गिरिजा सिनेमा हलमा आइतबार सवा ३ बजेबाट प्रत्येक दिन एक सो चल्ने फिल्मका निर्देशक कुमार भास्करले बताए ।
फिल्ममा कलाकार भोलाराज सापकोटा र ऋचा शर्मा मुख्य भूमिकामा छन् । त्यसैगरी रुपेश दाहाल, परिक्षितविक्रम राणा, सदिक्षा गौतम, भिर्भिक भट्टराई र सन्दीप लोहनीको पनि मुख्य भूमिका रहेको छ ।
बड पिक्चर्सको ब्यानरमा केदार भुसालले निर्माण गरेको यो फिल्मको कार्यकारी निर्माता दिमेश श्रेष्ठ र सह–निर्माता लक्ष्मण बानियाँ हुन् । यो फिल्मको कथा लेखन नवविजय प्रकाश श्रेष्ठ र धिर्जन थपलियाले गरेका छन् । निसाल पौडेलले छायांकन गरेको फिल्ममा भिम विश्वकर्माको सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण